coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

बर्दियामा गठबन्धनको नतिजा कमजोर

जिल्लाको दुवै निर्वाचन क्षेत्रमा वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवारको नतिजा कमजोर देखिएको छ। निर्वाचन क्षेत्र नंम्बर १ मा १ हजार ७९ मतले र निर्वाचन क्षेत्र नंम्बर २ मा ७ हजार २ मतले प्रतिनिधिसभा सदस्य गठबन्धनका उम्मेदवार पछि रहेका छन्।  

मंगलबार दिउँसो २ बजेर ३० मिनेटसम्मको मत परिणामले गठबन्धनका साझा उम्मेदवार कमजोर देखिएका छन्। निर्वाचन क्षेत्र नंम्बर १ मा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार ठाकुर सिंह थारुले ८ हजार ४ सय २४, नेपाली काँग्रेसका संजय कुमार गौतमले ७ हजार ३ सय ४५ र नेकपा एमालेका लक्ष्मणराज ज्ञवालीले ५ हजार ८ सय ५ मत हालसम्म पाएका छन्।  

त्यसैगरी बर्दिया क्षेत्र नंम्बर २ मा स्वतन्त्र उम्मेदवार लालबिर चौधरीले २० हजार ६ सय ६४, माओवादी केन्द्रका उम्मेवार सुरेश पन्थले १३ हजार ६ सय ६२ र नेकपा एमालेका पंकजसिंह राठौरले ८ हजार २ सय ६ मतपाएका छन्। दुवै निर्वाचन क्षेत्रमा मतगणना जारी छ।  

प्रकाशित: ६ मंसिर २०७९ ०९:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App