२१ जेष्ठ २०८१ सोमबार
image/svg+xml
राजनीति

कास्की–३ मा एमालेका दामोदर बैरागीको अग्रता

कास्की–३ नेकपा एमालेका दामोदर पौडेल बैरागीले अग्रता लिएका छन्। विहानसम्म राष्ट्रिय स्वतन्त्र पार्टीकै योगराज पौडेलसँग पछाडि परेका बैरागीले दिउँसोदेखि अग्रता बनाएका हुन्। बैरागी अहिले पौडेल भन्दा ४ सय ४४ मतले अघि छन्।

हालसम्म १४ हजार ८ सय ४९ मत गणना सम्पन्न हुँदा बैरागीले ४ हजार ८ सय ५१ मत प्राप्त गरेका छन्। उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार योगराज पौडेलले ४ हजार ४ सय ७ मत ल्याएर पछ्याईरहेका छन्।

त्यस्तै, गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार रामजीप्रसाद बरालले ३ हजार २ सय ७ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका जगतप्रसाद सुवेदीले ८ सय २५, हाम्रो नेपाली पार्टीका विवेककुमार पौडेलले २ सय २०, स्वतन्त्र उम्मेदवार कमलजंग कुँवरले १२७, जनता समाजवादी पार्टी नेपालका हितकाजी गुरुङले ९४, मंगोल नेशनल अर्गानाइजेशनकी महिला उम्मेदवार गंगाकुमारी खपांगी तामाङले १०५, स्वतन्त्र उम्मेदवार दुर्गाप्रसाद कोइरालाले ६७, स्वतन्त्र उम्मेदवार टंकप्रसाद अधिकारीले ५५, स्वतन्त्र महिला उम्मेदवार अनिता भुत्र्यालले ३२ मत प्राप्त गरेका छन।

त्यस्तै, स्वतन्त्र उम्मेदवारहरु पशुपतिनाथ तिमिल्सिनाले १३, नेपाल मजदुर किसान पार्टीका बलराम सिबन्जारको ९, स्वतन्त्र उम्मेदवार यादवप्रसाद तिमिल्सिनाले ५ र ढकबहादुर कार्कीको ५ मत ल्याएका छन्।

प्रकाशित: ६ मंसिर २०७९ ०८:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App