८ वैशाख २०८१ शनिबार
राजनीति

दोलखाका दुई स्थानमा मतदान रोकियो, १३ राउण्ड हवाई फायर

दोलखाका दुई स्थानमा मतदान रोकिएको छ। जिल्लाको तामाकोसी गाउँपालिका ३ जफे स्थित कालापानी माध्यामिक विद्यालय भवन,वैत्येश्वर गाउँपालिका-२ पुतलीकाठ मतदान केन्द्रमा झडप भएपछि मतदान रोकिएको प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाले जानकारी दिए।  

दुवै स्थानमा मतदान कार्य सुचारु गर्ने प्रयास भइरहेको उनले बताए। जिल्लाका प्रहरी प्रमुख डिएसपी गंगा पौडेलले जिल्ला भर १३ राउण्ड हवाई फायर गरिएको र मतदान केन्द्रहरु प्रहरीको नियन्त्रणमा रहेको सुनाए।  

जिल्लाका मालु, भेड्पु लगायतका स्थानमा बिहान रोकिएको मतदान मध्यान्ह पछि सुचारु भइसकको छ।

प्रकाशित: ४ मंसिर २०७९ ०८:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App