१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

चितवनको राप्तीमा विप्लव समूहले मतपेटिका जलाए

विप्लव समूह भनेर चिनिने नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले चितवनको राप्ती नगरपालिकामा मतपेटिकामा आगो लगाएका छन्।  

राप्ती नगरपालिका वडा नम्बर ८ स्थित ब्रम्हाथानी राष्ट्रिय आधारभूत विद्यालयको मतदान केन्द्रमा आज बिहान साढे आठ बजेको समयमा नाराबाजी गर्दै आएको करिब २० जनाको समुहले मत पेटिकामा नै आगो लगाएका हुन्।  

ब्रम्हाथानी राष्ट्रिय आधारभूत विद्यालयका मतदान अधिकृत सुरज शर्माका अनुसासर ‘ख’ बुथको मतपेटिकाको बाहिरी भाग जलेको छ। मतपेटिका भित्रको मतपत्र जलेको छैन। त्यसलाई सर्वदलिय बैठकले मुचुल्क गरेर राखेको उनले जानकारी दिए। क बुथमा पनि उनीहरुले पेट्रोल छर्किएर आगो लगाउने प्रयास गरेका थिए। तर, सुरक्षा कर्मीको सहयोगमा बचाउन सफल भएको शर्माले जानकारी दिए।  

खिया लागेका हतियार हतियार हुँदा असुरक्षित महशुस भएको उनले बताए। ‘हतियार दश पटक कक गर्दा पनि नपढ्कने’ उनले भने ‘केही बेर असुरक्षित महशुस गर्यौँ।’ नेपाल ससस्त्र प्रहरी र आर्मी आउन आधा घण्टा लागेको उनले बताए। आगो लगाएपछि करिब ४५ मिनेट मतदान प्रकृया प्रभावित भएको थियो।  

अहिले पहिले निर्वाधन रुपमा मतदान जारी रहेको उनले जानकारी दिए। अहिले उनिहरु भागेका छन्। त्यस मतदान केन्द्रमा २ हजार ३२ जना मतदान अधिकृत रहेका छन्।

प्रकाशित: ४ मंसिर २०७९ ०४:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App