२२ मंसिर २०८२ सोमबार
image/svg+xml
फोटो फिचर

जावलाखेलमा एमालेको १० औं केन्द्रीय कमिटी बैठक (तस्बिरहरू)

नेकपा एमालेको १० औं केन्द्रीय कमिटी बैठक सुरु भएको छ। ललितपुरको जावलाखेल भनिमण्डलस्थित पार्टी प्यालेस रामबाघ महलमा बैठक सुरु भएको हो। आज बैठकको सुरुमा अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक प्रतिवेदन पेश गर्नेछन्।

 सो प्रतिवेदनमा जेनजी युवा आन्दोलन, त्यसको असर र परिणाम, जेनजी आन्दोलनको बलमा गठन भएको अन्तरिम सरकारले आगामी फागुन २१ गते गराउने भनिएको निर्वाचन लगायतका विषय समेटिएका ओली निकट नेताहरुको भनाइ छ।  

अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदनमा प्रतिनिधिसभा विघटन असंवैधानिक भन्दै त्यसको पुनर्स्थापनामा जोड दिएका छन्। लोकतन्त्र पुनर्बहाली गर्नलाई प्रतिनिधिसभा पुनर्स्थापना हुनुपर्ने ओलीको जोड छ। 

त्यसका लागि लोकतान्त्रिक गणतन्त्रको पक्षमा रहेका दलहरूसँग सहकार्य र जनपरिचालन गर्नुपर्ने विषयलाई पनि ओलीले प्राथमिकताका साथ उल्लेख गरेको स्रोतले बतायो। प्रतिनिधिसभा पुनर्स्थापनाको मागमा जनता सडकमा आउने उनको विश्वास छ। केन्द्रीय कमिटी बैठक ३ दिनसम्म चल्ने एमालेले जनाएको छ।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 100%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App