
अन्तर्राष्ट्रिय
शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली मधेस प्रदेशको भ्रमणमा रहँदा विभिन्न कार्यक्रममा व्यस्त रहे। उनले सुख्खाग्रस्त क्षेत्रको अवस्था अवलोकन गरे। महोत्तरीको मटिहानी नगरपालिका–८ मा रहेको विग्ही नदी पुलको उद्घाटन गरे।
त्यसैगरी, मटिहानी नगरपालिका–६ मा नवनिर्मित प्रसूतिगृहको उद्घाटन गर्नुका साथै जनकपुर–कुर्था–सम्सी सडकखण्डको रौजास्थित रातुखोला पुलको पनि उद्घाटन गरेका छन्।
साथै, बाराको परवानीपुर गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन पनि उद्घाटन गरेका छन्। तर किसानका पीडा बुझ्न महोत्तरी पुगेका प्रधानमन्त्री नभेटेर फर्किएपछि उनको आलोचना पनि भएको छ।














