३१ असार २०८३ बुधबार
image/svg+xml
फोटो फिचर

गास, बास र कपास सुनिश्चित गर भन्दै सुकुमवासीको माइतीघरमा प्रदर्शन {फोटो फिचर}

सुरक्षित पुनर्स्थापनाको सुनिश्चितता, भू–स्वामित्वसहितको आवास अधिकार तथा सम्मानजनक जीवनयापनको माग गर्दै सुकुमवासीहरूले काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्।

विभिन्न राजनीतिक दलनिकट सुकुमवासी संगठनहरूको नेतृत्वमा भएको प्रदर्शनमा सहभागीहरूले सुरक्षित पुनर्स्थापनाको व्यवस्था नगरी कुनै पनि परिवारलाई होल्डिङ सेन्टरबाट नहटाउन सरकारसँग माग गरेका छन्।

प्रदर्शनकारीहरूले गास, बास र कपासको संवैधानिक प्रत्याभूति, भू–स्वामित्वसहितको स्थायी आवासको व्यवस्था तथा सम्मानजनक पुनर्स्थापनाको सुनिश्चितता गर्नुपर्नेमा जोड दिएका छन्।

उनीहरूले ‘बोल्न दे’, ‘मानव अधिकारको प्रत्याभूति गर’, ‘सुरक्षित पुनर्स्थापना सुनिश्चित गर’ लगायतका नारासहितका प्लेकार्ड बोकेर सरकारको ध्यानाकर्षण गराएका थिए।

प्रदर्शनका क्रममा सुकुमवासीहरूको आधारभूत आवास अधिकार सुनिश्चित गर्न र उनीहरूलाई दीर्घकालीन समाधानसहित पुनर्स्थापना गर्न सरकारसँग आग्रह गरिएको थियो।

प्रकाशित: २५ असार २०८३ १६:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App