११ असार २०८३ बिहीबार
image/svg+xml
फोटो फिचर

कक्षा १२ को नतिजामा असन्तुष्टि जनाउँदै माइतीघरमा प्रदर्शन (तस्बिरहरु)

राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ को नतिजा अस्वाभाविक र त्रुटिपूर्ण रहेको भन्दै विद्यार्थीहरूले प्रदर्शन गरेका छन्।

नतिजा प्रकाशनप्रति असन्तुष्टि जनाउँदै उनीहरूले बिहीबार माइतीघर मण्डलामा दबाब स्वरूप आन्दोलन गरेका हुन्।

नतिजा प्रकाशन र मूल्याङ्कन प्रक्रियामा त्रुटि भएको, पुनर्मूल्याङ्कन तथा रिटोटलिङको प्रभावकारी व्यवस्था नभएको भन्दै उनीहरुले उत्तर पुस्तिका परीक्षणमा लापरबाही भएको आरोप लगाएका छन्।

विद्यार्थीहरूले निष्पक्ष छानबिन, निःशुल्क रिटोटलिङ, उत्तरपुस्तिका पुनर्परीक्षण तथा मूल्याङ्कन प्रक्रियामा पारदर्शिता सुनिश्चित गर्न माग गरेका छन्।

गत वैशाख १४ देखि २७ गतेसम्म सञ्चालित कक्षा १२ को परीक्षामा १ लाख ४ हजार ७ सय ११ जना विद्यार्थी अनुत्तीर्ण भएका थिए। 

परीक्षामा नियमिततर्फ कुल ३ लाख ३२ हजार २४१ विद्यार्थी सहभागी भएका थिए। तीमध्ये २ लाख ३१ हजार ७७० विद्यार्थी उत्तीर्ण भएका थिए।

प्रकाशित: ११ असार २०८३ १२:४७ बिहीबार