५ श्रावण २०८३ मंगलबार
image/svg+xml
फोटो फिचर

टुँडिखेलमा यसरी रोपिँदै छ दुबो (तस्बिरहरू)

काठमाडौंको मुटुमा रहेको टुँडिखेलमा हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले दुबो रोप्न थालिएको छ।

‘टुँडिखेल हरियाली कार्यक्रम’ अन्तर्गत काठमाडौं महानगरपालिका, नेपाली सेना तथा सम्बन्धित निकायहरूको समन्वयमा टुँडिखेलको खुला क्षेत्रमा दुबो रोप्न थालिएको हो।

सैनिक मञ्च टुँडिखेलको दक्षिणतर्फ ६१ हजार २६३ वर्ग फिट क्षेत्रफलमा चितवनबाट ल्याइएको बरमुण्डा प्रजातिको दुबो रोप्ने कार्यमा दैनिक ३५ जना कामदार खटिँदै आएका छन्।

करिब २ करोड ७० लाख रुपैयाँको लागतमा अघि बढेको उक्त कार्य आगामी मंसिरसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

हेर्नुहोस तस्बिरहरू:

प्रकाशित: २ असार २०८३ १४:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App