२४ भाद्र २०८३ बुधबार
image/svg+xml
फोटो फिचर

जेन-जी आन्दोलनको एक वर्ष: जलेको आफ्नै घर हेर्न पुगे ओली

तस्बिर: एमाले अध्यक्ष केपी शर्मा ओलीको सचिवालय

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत वर्ष भदौ २४ मा जलेको बालकोटस्थित आफ्नो निवासको आज अवलोकन गरेका छन् ।  

एक वर्षपछि ओली पत्नी राधीका शाक्यसहित एमाले नेता कार्यकर्तासहित बालकोट पुगेका थिए ।  

उनले आफ्नो पुरानो घरको अवलोकन गर्दै बालकोट भवनलाई सपनाको भग्नावशेषका रुपमा व्याख्या पनि गरेका छन् ।  

सोही अवसरमा स्मृतिमा बालकोट घर 'सपनाको भग्नावशेष' स्मृति पुस्तिका सार्वजनिक गरिएको छ ।  

 

प्रकाशित: २४ भाद्र २०८३ १७:१० बुधबार