साबिक तरकारी बजार हालको प्रदेशसभा सचिवालय परिसरलाई चिटिक्क पारिएको छ।
कोशी प्रदेश सभाको भदौ ३ गतेको बैठक नयाँ हलमा राख्न लागिएपछि प्रदेशसभा सचिवालय परिसरलाई चिटिक्क पारिएको हो।
गत वर्षको भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा विराटनगरको देवकोटा चोकस्थित प्रदेशसभा सचिवालय र प्रदेशसभा बैठक हल जलेर काम नलाग्ने भएपछि कोशी प्रदेश सभाको सचिवालय मोरङको कटहरीस्थित तरकारी बजारमा सारिएको थियो।
प्रदेशसभा बैठक भने विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको विराटनगर स्थित वीरेन्द्र सभागृह भाडामा लिएर सञ्चालन गरिँदै आएको थियो।

हाल प्रदेशसभा सचिवालय परिसरमा हल भए पनि प्रदेशसभा बैठक सञ्चालनका लागि थप निर्माण र मर्मत गर्नुपर्ने भएकाले बैठक हल तयार नभएसम्मका लागि भाडामा वीरेन्द्र सभागृहको हलमा प्रदेशसभा बैठक सञ्चालन गरिँदै आएको थियो।
प्रदेशसभा सचिवालयले भदौ ३ गतेलाई बोलाएको बैठक भने प्रदेशसभा सचिवालय परिसरकै हलमा बस्ने उल्लेख गरिएको थियो। उक्त बैठकलाई लक्षित गरी सचिवालय परिसरलाई चिटिक्क पारिएको हो।
यसैबिच प्रदेशसभा बैठकका लागि भइरहेको तयारीका विषयमा कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले मंगलबार प्रदेशसभा सचिवालय परिसर र नयाँ हलको निरीक्षणसमेत गरेका छन्।





.jpg)

प्रकाशित: २ भाद्र २०८३ १७:५३ मंगलबार





