५ श्रावण २०८३ मंगलबार
image/svg+xml
फोटो फिचर

गृहमन्त्री गुरुङद्वारा जिल्ला प्रहरी कार्यालयको निरीक्षण (११ तस्बिरसहित)

तस्बिर : जिल्ला प्रहरी कार्यालय, मोरङ

गृहमन्त्री सुधन गुरुङले जिल्ला प्रहरी कार्यालय, मोरङको निरीक्षण गरेका छन्।

निरीक्षणका क्रममा गुरुङले कार्यालयका शाखा, हिरासत कक्ष र स्टाफ ब्यारेकको अवस्थाबारे जानकारी लिएका थिए। उनले कार्यरत प्रहरी कर्मचारीसँग प्रत्यक्ष छलफल गरेको जिल्ला प्रहरी कार्यालय, मोरङले जानकारी दिएको छ। 

सो अवसरमा मन्त्री गुरुङले समाजमा अपराध नियन्त्रण गरी शान्ति सुरक्षा कायम राख्ने कार्यमा आपसी भाइचारा तथा सहयोगी भावनाका साथ काम गर्न निर्देशन दिए। 

साथै, उनले आचरण र व्यवहारमा सुधार ल्याई आफ्नो कर्तव्य, जिम्मेवारी तथा अधिकारको पालना गर्न, संगठनको हित र उद्देश्यलाई प्राथमिकतामा राख्न र नागरिकमैत्री प्रहरी सेवा प्रदान गर्न प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन्।

तस्बिर : जिल्ला प्रहरी कार्यालय, मोरङ

प्रकाशित: २० असार २०८३ १९:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App