२३ भाद्र २०८३ मंगलबार
image/svg+xml
फोटो फिचर

जेनजी आन्दोलनको एक वर्ष : तस्बिरमा हेर्नुहोस् स्मृति दिवस

जेनजी शहीदहरूको सम्झनामा आज देशभर स्मृति दिवस मनाइँदै छ।

यस अवसरमा नयाँ बानेश्वरस्थित पुरानो संसद् भवनको प्राङ्गणमा जेनजी शहीद कल्याणकारी समाजले स्मृति दिवस कार्यक्रम आयोजना गरेको छ।

कार्यक्रममा सरकारका विभिन्न मन्त्रीसहित सांसदहरूको सहभागिता रहेको छ। गृहमन्त्री सुधन गुरुङ, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतम, भौतिक पूर्वाधारमन्त्री सुनिल लम्साल, स्वास्थ्यमन्त्री निशा मेहता, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुन, कृषिमन्त्री गिता चौधरी लगायत कार्यक्रममा सहभागी छन्।

यस्तै, कार्यक्रममा जेनजी शहीदका परिवारहरूले शहीदहरूको सम्झनामा दीप प्रज्वलन र माल्यार्पण गरेका छन्।

प्रकाशित: २३ भाद्र २०८३ १४:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App