विश्वभरका इसाई धर्मावलम्बीले आइतबार इस्टर सन्डे मनाउँदै छन् ।
इस्टर सन्डेको अवसरमा आज काठमाडौँमा र्याली सहित कार्यक्रमको आयोजना गरिएको छ ।
उपत्यकाको विभिन्न ठाउँबाट सुरु भएको र्याली दशरथ रंगशालामा पुगेर कार्यक्रममा परिणत भएको छ । इसाई धर्मगुरु यशुलाई क्रसमा चढाइएको ३ दिनमा उनी पुनरुत्थान भएको भन्ने विश्वासका साथ इस्टर सन्डे मनाइन्छ । बाइबलमा उल्लेख भए अनुसार दुई हजार वर्ष पहिला शुक्रवारको दिन यशुलाई जेरुसेलमको पहाडमा क्रसमा चढाइएको थियो र त्यसको तेस्रो दिनमा उनी पुनरुत्थान भएका थिए र त्यस दिन आइतबार परेको थियो ।
इस्टर सन्डेलाई यशुको पुनरुत्थान भएको दिनको रूपमा पनि लिने गरिन्छ । यसरी इस्टर सन्डेमा पुनरुत्थान भएका यशु थप ४० दिनसम्म बाँचेको र त्यस समयकालमा उनले आफ्ना अनुयायीलाई शिक्षा दिएको र त्यसपछि स्वर्ग गएको उल्लेख छ ।
तस्बिरहरुः दिपेश दर्शनधारी




















प्रकाशित: २२ चैत्र २०८२ १२:२२ आइतबार



-600x400.jpg)

