coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
फोटो फिचर

माइतिघरमा मनाइयो समा चकेवा पर्व (तस्बिरसहित)

काठमाडौंमा बसोबास गर्ने तराई क्षेत्रका आदिवासी थारु समुदायले माइतीघरमण्डलामा  समाचकेवा पर्व मनाएका छन्।

मंगलबार थारु महिला समाज उपत्यका समितिले आयोजना गरेको समाचकेवा पर्वमा थारु समुदाय भेला भएर हर्षोल्लासपूर्वक यो पर्व मनाएका हुन्।  माइतीघरमा उनीहरुले समाचकेवा प्रदेशनीसमेत गरेका छन्।

थारु समुदायका दिदी–बहिनीहरुले दाजु भाइको दीर्घायूको कामना गर्दै मनाइने यो पर्व २०६२ सालदेखि काठमाडौंमा मनाउने गरिएको थारु महिला समाज, उपत्यका समितिकी अध्यक्ष श्यामकुमारी चौधरीले बताइन्।  

उनले अहिले सरकारले दसैं, तिहार र छठ पर्वलाई राष्ट्रिय पर्वको मान्यता दिएको तर समाचकेवा तराईका थारु समुदायले मनाए पनि  बेवास्ता परेको गुनासो गरिन्। उनले भनिन्, ‘सरकारले दसैं, तिहार, छठमा विदा दिए पनि थारुको संस्कृतिलाई वास्तै गरेन। खाली सभा समारोहमा ड्रेस देखाउनको लागि मात्र प्रयोग गरिरह्‍यो।’

थारु समुदायसँगै तराइमा अन्‍य समुदायहरुले समाचकेवा थारुहरुसँगै सिकेर मनाउँदै आएका छन्। उनले भनिन्, ‘समाचकेवा थारुको रगतसँगको सम्बन्ध छ। यो इतिहासमा थारु राजाहरुको कहानी समेटिएको छ। समा राजाकी छोरी थिइन्। बुवाको आदेशलाई पालना गर्न घरबाट वनबास जानु पर्‍यो। आफ्नै मौलिक परम्परा गीत र संगीत छ। त्‍यसकारण यसको महत्व थारु समाजमा धेरै छ।’

कात्तिक शुक्ल द्वितिया (भाइटीका)को दिनदेखि सुरु भएर यो पर्व कात्तिक पूर्णिमासम्‍म थारु समुदायका दिदीबहिनीहरु प्रत्‍येक साँझ आफ्नो टोलमा समाचकेवा गीत, कीर्तनभजन गर्दै होर्षोल्लासका साथ मनाउदै आएका छन्।

 

खुशी 100%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App