समाज
फोटो फिचर
खेतीबालीमा लाग्न थाले भूकम्प पीडित किसान
गोरखा–बैशाख १२ गते गोरखाको बारपाकलाई मुख्य केन्द्रबिन्दु बनाएर भूकम्प गएपछि गोरखामा करिब ६० हजार घरमा क्षति पुग्यो। ४८ हजार ध्वस्त भए। चार सय १२ जनाको मृत्यु भयो भने अझै ३२ जना बेपत्ता छन्।
घर ध्वस्त भएपछि किसानले भण्डारण गरेका अन्नपात पनि माटोमा मिल्यो। खेतबारीमा उम्रँदै गरेको मकै, तरकारी, घैया र चैते धान जती बारीमा थिए उब्जन बाँकी त्यो मात्रै रह्यो। त्यो पनि किसानले दुई साता सम्म ज्यान जोगाउनकै चिन्ताले खेतीबारीको स्याहार गर्न भ्यायनन्। अहिले बिस्तारै त्रास कम हुँदै गएपछि किसानहरु उब्जनी बढाउन जुटेका छन्।
किसानसँग अहिले उत्पादन हुने अन्न राख्ने ठाउँ समेत नरहेकाले कृषि कार्यालयले सामुहिक भण्डारन गर्ने योजना ल्याउने तयारी गरेको छ। किसानलाई आफ्नो खेतीबालीको उत्पादन बढाउन र सुरक्षामा ध्यान दिन आग्रह गर्दै समस्या परे कृषि कार्यालय सँग समन्वय गर्न समेत कृषि कार्यालयले अनुरोध गरेको छ।
सवै तस्बिर नरहरि सापकाेटा
0 SHARES
खुशी
0%
दुखी
0%
अचम्मित
0%
हास्यास्पद
0%
क्रोधित
0%