coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
फोटो फिचर

एकादशी भीडले खचाखच सेतीनदी (तस्बिर सहित)

पोखराको सेतीनदीमा शुक्रबार एकादशीका दिन लागेको दर्शनार्थीको भीड। तस्बिरःउमेश पुन/नागरिक

हिन्दू धर्मावलम्बीले कात्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको तुलसीसँग विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व शुक्रबार भव्य रुपमा मनाइएको छ।  पर्व मनाउने क्रममा विभिन्न नदीनालामा सर्वसाधारणको घुँइचो लागेको छ। पोखराको सेतीनदीमा फूल तार्नेको भीड लागेको छ। हरिशयनी एकादशीका दिन घरको तुलसीको मठमा विशेष पुजा गरी गाईको गोबर र रातो माटोले पोती फूलमालाले सजाएर तुलसीको विवाह गर्ने परम्परा रहेको छ ।

हिन्दु धार्मिक मान्यताअनुसार आषाढ शुक्ल एकादशीको दिन क्षीर सागरमा सुतेका भगवान् विष्णु कात्तिक शुक्ल एकादशीका दिन उठ्ने भएकाले यस दिनलाई हरिबोधनी एकादशी भनिएको हो। यसै दिन भगवान् विष्णुको तुलसीरुपी लक्ष्मीसँग विवाह भएको मान्यताका आधारमा तुलसी विवाह पनि गरिदिने चलन रहेको छ। खासगरी एकादशी तिथिमा भगवान् विष्णुको उपासना गरी व्रत बस्ने परम्परा रहेको छ। वर्षभरि पर्ने २४ वटा एकादशीमध्ये आषाढ शुक्ल एकादशी र कात्तिक शुक्ल एकादशीमा भगवान् विष्णुको उपासना गर्दा बढी फलदायी हुने भविष्योत्तर पुराणमा उल्लेख छ।

प्रकाशित: १८ कार्तिक २०७९ ०९:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App