११ माघ २०८१ शुक्रबार
image/svg+xml
फोटो फिचर

गल्फ कोर्ष नजिकैको वनमा भिषण आगलागी

धरान—बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान भित्रको निर्वाणा कन्ट्री क्लबस्थित गल्फ कोर्ष नजिकैको वन क्षेत्रमा मंगलबार भिषण आगलागी भएको छ। सुख्ख पातमा सल्केको आगो हुरी चलेपछि नियन्त्रण बाहिर भएर दक्षिणी वन क्षेत्रमा फैलिएपछि नियन्त्रणबाहिर भएको थियो।

सामुदायिक वनले बीपी प्रतिष्ठानको लापरवाहीले आगो लागेको आरोप लगाएको छ। प्रतिष्ठानले आगलागीको कारण छानविन गर्ने प्रतिक्रिया दिएको छ। आगो सल्किदा निर्वाणको गल्फ कोर्षसँगै वन नजिकै रहेको वस्ती जोखिममा परेपछि स्थानीय निक्कै हतास परेका थिए।
aglagi1
आगो नियन्त्रणमा लिन धरान उपमहानगरपालिकाको दमकल र व्यापाक सुरक्षाकर्मी परिचालन गरिएको थियो। अञ्चल प्रहरी गुल्म, इलाका प्रहरी, वडा प्रहरी, सशस्त्र प्रहरीसँगै स्थानीयबासी पनि नियन्त्रणमा खटिएका थिए। करिब डेढ घण्टाको प्रयासमा आगो नियन्त्रणमा आएको थियो।
aglagi2

हरियाली वन समुहका पूर्वअध्यक्ष टेक तामाङका अनुसार अस्पतालको फोहोर वन क्षेत्रमा थुपारेर आगो लगाउने गरेकोले वनमा आगो फैलिएको दाबी गरे। 'यो बीपीकै लापरवाहीको कारणले आगो सल्किएको हो, वनमा फोहोर फालेर जलाउने गरेको छ। त्यही आगो वनमा फैलिएको हो'–उनले भने । वनमा आगो सल्किएपछि प्रतिष्ठानका रजिष्टार तुलबहादुर श्रेष्ठ पनि निरीक्षण गर्न घटनास्थल पुगेका थिए । फोहोर फालेर जलाउने गरेको स्वीकार गरेपनि उनले मंगलबारको आगो त्यही कारणबाट भए नभएको प्रष्ट नभएको बताए । 'यहाँ फोहोर खाल्डो खनेर राख्छौं, आगो लगाउने गरेको पनि रहेछ । के कारणले आगो सल्कियो भनेर सेक्युरिटीलाई बुझ्न भनेको छुँ'–उनले भने ।

aglagi3

प्रतिष्ठानको फोहोर संकलन र व्यवस्थापनको जिम्मा पप्पु श्री इन्टरप्राइजेजले लिएको छ। उसले अस्पतालको सम्पुर्ण फोहोरलाई प्रतिष्ठानको दक्षिणी हाताको वन क्षेत्रमा लगेर फाल्ने गरेको छ । आगो नियन्त्रणमा खटिएका प्रहरी निरीक्षक मिलन भटराईका अनुसार करिब २ बिघा वन क्षेत्रमा आगो फैलिएको बताए । 'चुरोटको ठुटोबाट पनि सल्किएको हुनसक्छ । सुख्खा पात र हावाको कारण नियन्त्रणमा गाह्रो भयो'–उनले भने–'फायर लाइन बनाएपछि नियन्त्रणमा लिन सहज भयो ।' स्थानीयका अनुसार करिब ४ बजेदेखि वनमा आगो लागेको थियो ।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App