खुल्यो थोरङला भञ्ज्याङ (फोटो फिचर)
पदयात्रामा आएका पर्यटक हिँड्न नपाउने अवस्था आएकाले सबै मिलेर हिउँ फ्याकेपछि बल्ल बाटो खुलेको मनाङका पर्यटन व्यवसायी विनोद गुरुङले बताए। 'बाक्लो हिमपातले एकसातादेखि बाटो अवरुद्ध भयो। पदयात्राका लागि आएका पर्यटक हिँड्न पाएनन्। हिउँ पग्लेर बाटो खुल्ने छाँटकाट देखिएन,' उनले भने, 'त्यही बाध्यताले गर्दा बाटो खुलायौं।' १० जना कामदारलाई दिनको जनही ३ हजार रुपैयाँका दरले ज्याला दिएर बाटो सफा गरेको उनले बताए।
'मनाङदेखि थोराङला भञ्ज्याङसम्म ४ दिन पूरै सफा गर्न समय लाग्यो। बाटोको हिउँ पन्छाउँदै अघि बढ्नुपर्योत,' उनले भने, 'हिउँ हटाउनमात्र एक लाख २० हजार रुपैयाँ खर्च भयो। ज्यानको बाजी राखेर काम गर्नुपर्ने भएकाले पनि ज्याला बढि लाग्यो।' बाटो खुलेपछि ७ जना विदेशीको पहिलो समय बुधबार जोमसोम पुगेका थिए। बिहीबार करिब ३० जना विदेशीले थोराङला भञ्ज्याङ पार गरेको उनले जानकारी दिए।
विश्वमै चर्चित अन्नपूर्ण पदमार्ग लामो समय अवरुद्ध हुँदा बाटो खुलाउन कोही अग्रसर नभएको गुरुङले गुनासो सुनाए। 'पर्यटक आए भने सबैलाइ फाइदा हुने हो। पाहुनै नआए कसैले कमाउँदैन। तर, केहि अप्ठेरो परे अग्रसर हुन हामीलाई मात्र कर लाग्छ,' गुरुङले गुनासो गरे, 'अरु कोही सहयोग गर्दैनन्। अरुलाई कमाउन मात्र ध्यान छ। कतैबाट सहयोग नपाएपनि पर्यटकको पदयात्रा चाहना पुरा गरिदिन हामी अग्रसर भयौं।' अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) र सरकारी निकायले बाटो खुलाउन चाँसो नदिएपछि आफुहरु बाध्यकारी भएको उनले बताए।
अन्नपूर्ण फेरोको सबैभन्दा साहसिक र रोमाञ्चक पदयात्रा क्षेत्रमा पर्ने थोराङला भञ्ज्याङ पार गर्नुलाई विदेशी पर्यटकले ठूलो उपलब्धि मान्छन्। यही पदयात्रा पार गर्न वर्षेनि हजारौं विदेशी नेपाल आउने गर्छन्। सिजनमा मुखमा आएको हिमपातले पछिल्लो साता पदमात्र पूरै ठप्प थियो। तीन फिट बाक्लो परेको हिउँ हत्तपत्ति पग्लने छाँटकाँट नदेखेपछि स्थानीयले हिउँ हटाएर पदमार्ग खोल्न पहल गरेको गुरुङले सुनाए।
'जाडो मौसम सकिएपछि बल्ल विदेशीको आगमन बढ्न थालेको थियो। त्यही बेला अन्तर्राष्ट्रिय विमानस्थलमा भएको दुर्घटनाले एकसाता बाधा पर्योि,' उनले भने, 'त्यहीबेला हिमपात भयो। त्यसले पनि मारमा पार्योर। बल्ल हिउँ हटाएका छौ|। अब पाहुना आउनेमा आशावादी छौं।' अगुरुङका अनुसार करिब दुई दशकपछि यो बेला पदयात्रा क्षेत्रमा यति बाक्लो हिउँ परेको पहिलो पटक हो। 'यो बेला यति बाक्लो हिउँ पर्ने समय नै होइन। तर अहिले पर्योछ। सिजनको सुरुवातमै परेको हिमपातले निकै सास्ती दियो,' उनले भने।
हिमालपारिको अर्को जिल्ला मुस्ताङको उपल्लो क्षेत्र भने अझै पनि अवरुद्ध छ। एक्याप लोमान्थाङका प्रमुख सन्तोष शेरचनले उपल्लो मुस्ताङको पदयात्रा अझै एकसाता गर्न नसकिने बताए। 'हिउँ खेल्ने चाहना भएका आन्तरिक पर्यटक आउन सक्छन्। तर, ट्रेकिङ गर्ने विदेशीलाई अझै एकसाता खुल्दैन,' उनले भने, 'हिउँ पग्लेकै छैन। बाक्लो जमेको हिउँका कारण पदमार्ग खुलाउन धौऔधौ भएको छ।' ३३ सय मिटरको ध्येखोलादेखि ३९ सय मिटरको लोमान्थाङसम्मको बाटोमा डोजरले हिउँ हटाए पनि सहज हुन नसकेको उनले बताए।