विचार
फोटो फिचर
आकाश खुल्दै तर जाडो बढ्दै!
प्युठान– तीन दिनदेखि मौसम परिवर्तन हुँदा अधिराज्यभर बढेको चिसोले प्युठानमा पनि प्रभाव पार्यो। जिल्लाका उच्च पहाडमा हिमपात हुँदा ह्वात्तै जाडो बढ्यो भने सिमसिमे वर्षाले सडक चिप्लो हुँदा आउजाउ पनि असहज बन्यो।
आइतबार बिहानसम्म प्युठानमा यसको प्रभाव देखिएको छ। दिउँसोदेखि चिसो नहटे पनि मौसममा भने सुधार र परिवर्तनको संकेत देखिएको छ। मानिस बजारमा आउजाउ गर्न थालेका छन्। चिसोले गर्दा सदरमुकामका सरकारी कार्यालयमा पनि आउने सेवाग्राही कम देखिन्छन्। एकभन्दा बढी भेट भएका व्यक्ति पनि न्यानोका लागि घाम ताप्दै र चिया पिउँदै जाडो भगाइरहेका देखिन्छन्। मौसम बदलीले स्याउलीवाङ, गुफा लेख, स्वर्गद्वारी लेखतलगायत थुप्रै ठाउँमा हिउँ परेको छ।
सदरमुकाम खलंगासहित रोल्पा सीमासम्म मौसम परिवर्तनका कारण देखिएको दृश्य।
घाम लाग्दै गर्दा खुलेको ग्रामीण बस्ती र खेतका गरामा जमेको पानी।
मौसम सुधार हुँदा खुलेको प्युठान।
स्याउलीवाङको कोठीभीरलगायत क्षेत्रमा परेको हिउँ।
सदरमुकामबाट बाग्लुङ क्षेत्रमा देखिएको हिउँ।
तस्बिरहरु : एलबी थापा/नागरिक
0 SHARES
खुशी
0%
दुखी
0%
अचम्मित
0%
हास्यास्पद
0%
क्रोधित
0%