राजनीति
फोटो फिचर
पर्यटक बोलाउँदै लाङटाङ
लाङटाङ – नेपालका प्रमुख पर्यटकीय गन्तव्यस्थलमध्ये एक लाङटाङ राजधानीबाट छोटो दुरीमा रहेको क्षेत्रमा पर्दछ। प्रकृतिको भूस्वर्गको अवलोकन गर्न बर्सेनि हजारौं पर्यटक लाङटाङ पदयात्राका लागि जाने गर्दछन्। राजधानीबाट बसमा एकै दिनमा स्याफ्रुवेशी पुग्न सकिन्छ। स्याफ्रुबेशीबाट दुई दिनको पैदलयात्रापछि ३९५० मिटरको उचाईमा रहेको लाङटाङ क्यान्जिङ गुम्बा।
पर्यटकका लागि असोजदेखि मंसिर र फागुनदेखि जेठसम्म सिजन मानिन्छ। यो समयमा लाङटाङका सबै होटल प्रायः खुल्छन्। अन्य सिजनमा कमै मात्रामा होटल खुलेका हुन्छन्। लाङटाङमा पुस–माघमा बाक्लो हिउ पर्छ, असार, साउन र भदौमा झरी पर्छ। फागुनदेखि चैत वैशाखको समयमा बाटोभरी फुल्ने लालीगुराँसले वनै राताम्मे हुन्छ। चारैतिर हिमालले घेरिएको केन्जिङ उपत्यका हिमाली सौन्दर्यका लागि मात्रै होइन, धार्मिक दृष्टिले पनि महत्त्ववपूर्ण छ।
केन्जिङ गुम्बाको नामबाटै यसको नाम केन्जिङ उपत्यका रहन गएको भनाइ छ। केन्जिङ उपत्यका पुगेपछि दोर्जे लाक्पा, लाङटाङ, लिरुङ, जुगल, चेर्को रि, गाङछेम्पो र तिब्बती रेन्ज देख्न सकिन्छ। शान्त र सुन्दर यो ठाउँमा नेपालकै पहिलो याक चिज उत्पादन केन्द्र छ। यो सन् १९५४ मा स्थापना भएको हो। लाङटाङ हिमाली वन्यजन्तुको बासस्थान पनि हो। यहाँ विश्वमै लोपोन्मुख वन्यजन्तु हिम चितुवा पनि पाइन्छ।
केन्जिङ उपत्यका र उपत्यकाबाट देखिने हिमाली सौन्दर्यका तस्बिरहरू :
0 SHARES
खुशी
0%
दुखी
0%
अचम्मित
0%
हास्यास्पद
0%
क्रोधित
0%