५ माघ २०८१ शनिबार
image/svg+xml
फोटो फिचर

काउन्टरमा बसको टिकट पाउनै नसकेको यात्रुहरुको गुनासो(फाेटाेफिचर)

वडा दशैंमा घर फर्किने यात्रुहरुले बसको टिकटनै पाउन नसकेको गुनासो गरेका छन्।

काठमाडौँको नयाँ बसपार्कस्थित टिकट काउन्टरमा शनिबार (आज) भेटिएका उनीहरुले घर जानका लागि बसको टिकट नै नपाएको दुःखेसो पोखेका हुन्। ५ दिन धाउँदा पनि बसको टिकट नपाएको डोटीका हरि बिसीको गुनासो छ। उनले बस व्यवसायी र प्रहरीले आफन्तहरुलाई टिकट बाँडने गरेकाले पनि सर्वसाधारणले टिकट पाउने अवस्था नरहेको प्रतिक्रिया दिए।

 

कैलालीका कृष्ण टमाटाले बसको टिकट नपाएका कारण दशैंमा घर जान नै नसकिने अवस्था आएको बताए। उनले सरकारले टिकटको आवश्यक व्यवस्था नमिलाएर सर्वसाधारणलाई दुःख दिएको भन्दै आक्रोश समेत व्यक्त गरे।

 

केही यात्रुहरु भने टिकट नपाएपनि बसको क्याविनतिर बसेर घर जाने तयारी थिए। टिकट पाउनै गाह्रो भएकाले क्याविनतिर बसेर घर जाने तयारीमा आफू रहेको नेपालगंजकी दिलमाया खत्रीले बताए। उनले बसको टिकट पाउने अवस्था नरहेको र आफूहरुले दुःख पाएको प्रतिक्रिया समेत दिए।

 

बस व्यवसायीहरुले दोब्बर मूल्य भाडा लिएर रिजर्भमा पनि यात्रुहरुलाई ओसार्ने गरेको तर टिकट भने नदिएकोमा यात्रुहरुको चर्को गुनासो छ। उनीहरुले सरकारले दशैंमा घर जानेहरुलाई बसको टिकटको लागि आवश्यक व्यवस्था नमिलाएको आक्रोश समेत व्यक्त गरेका छन्।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 50%
क्रोधित 50%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App