coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
फोटो फिचर

नक्सासहित अल्फाबिटा पुगेर बालेनले भत्काए अवैध संरचना (फोटोफिचर)

बिहीबार बिहान अल्फाबिटाका प्रतिनिधिले दाबी गरिएको जस्तो अवैध संरचना नरहेको पुष्टि गर्ने कागजात बोकेर काठमाडौं महानगरपालिकाका मेयर बालेन डोजरसहित अल्फाबिटा पुगेका छन् 

अवैध संरचनाहरु हटाउने अभियान चलाएका मेयर बालेन नक्सासहित अल्फाबिटा पुगेर अवैध रुपमा बनाएको संरचनामा डाेजर चलाएका हुन्।

अल्फाविटाका मालिक कोरोना संक्रमण कालमा मेडिकल सामग्री आयातमा घोटाला गरेको आराेप लागेको ओम्नी समूहसँग आवद्ध छन् । सयौंको संख्यामा सर्वसाधारणहरुको कोरोना संक्रमणबाट मृत्यु भइरहेका बेलामा समेत स्वास्थ्य सामग्रीहरु खरिद गर्दा घोटाला गरेको आरोप ओम्नी समुह माथि लागेको थियो । 

अवैध संरचनाहरु हटाउने अभियान चलाएका मेयर बालेन साहसहितको टोली बिहीबार विहान अल्फाबिटामा पुगेर अवैध संरचना हटाउन आग्रह गर्दा अल्फाबिटाका प्रतिनिधिले अवैधानिक काम नगरेको मात्र जिकिर गरेनन्, मेयरलाई डन नबन्न चेतावनी समेत दिएका थिए। मेयर बालेनले घरको नक्सा देखाउन आग्रह गर्दा उल्टो महानगरमा हुनुपर्ने बताएका थिए।

विवादपछि फर्किएका मेयर बालेन घरको नक्सा र डोजर लिएर अल्फबिटा पुगेर उक्त संरचनामा डाेजर चलाएकाे छ। 

तस्बिरहरू: 

 

 

 

 

 

 

 

 

प्रकाशित: ९ भाद्र २०७९ १०:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App