coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
फोटो फिचर

‘इतिहास ढल्दैछ सरकार मौन छ, भ्यू टावर चाहिँ बन्ने, त्रिचन्द्र चाहिँ नबन्ने'

तस्बिर: प्रसन गुरुङ/नगरिक

नेपालकै जेठो त्रिचन्द्र कलेजको भवन जीर्णोद्धार गर्ने पहल नभएपछि त्रिचन्द्र कलेजका विद्यार्थीहरूले मार्च गरेका छन्। त्रिचन्द्र कलेज बचाऔं अभियानलाई ऐक्यवद्धता जनाउँदै शुक्रबार घण्टाघर, कलेज परिसरमा विद्यार्थीहरूले मार्च गरेका हुन्।

विद्यार्थीहरूले ‘इतिहास ढल्दैछ सरकार मौन छ’, ‘त्रिचन्द्र बचाऔं, इतिहास जोगाऔं’, ‘भ्यू टावर चाहिँ बन्ने, त्रिचन्द्र चाहिँ नबन्ने’ लगायत प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन्। 

२०७२ सालको भूकम्पमा जीर्ण उक्त भवनको जोखिमलाई हेर्दै रातो स्टिकर टाँसिएको थियो। भूकम्पको ६ वर्ष हुँदा पनि भवन निर्माण गर्ने सुरसार नभएपछि विद्यार्थी आफैं लगातर प्रदर्शन गर्दै सडकमा उत्रिएका छन्।

प्रकाशित: २४ असार २०७९ ०६:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App