१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
फोटो फिचर

विपत् व्यवस्थापनको पूर्व तयारी सुरू (फाेटाेफिचर)

बर्खाको समयमा हुन सक्ने बाढी पहिरो जस्ता प्राकृतिक विपतलाई मध्यनजर गर्दै शनिबार विराटनगरको संघिया खोलामा उद्धारको पूर्व तयारी अभ्यास गरिएको छ। जिल्ला प्रशासन कार्यालय मोरङको समन्वयमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीसहित तीन वटै सुरक्षा निकायले संयुक्त रुपमा उद्धारको अभ्यास गरेका छन्।

अभ्यासमा राष्ट्रिय सेवा दल, स्वास्थ्य उपचारका लागि नेपाल रेडक्रस र कोसी अस्पतालका स्वाथ्यकर्मीहरुको पनि संलग्नता रहेको थियो। बाढीमा परेकाहरुलाई कसरी उद्धार, जिउधन सुरक्षा, स्वास्थ्य उपचार तथा पुनर्स्थापना जस्ता कार्यहरुको पूर्व अभ्यास गरिएको थियो। 

प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले विपत आउनु अघि नै सम्भावित विपतको व्यवस्थापनका लागि तयारी अवस्थामा रहनु पर्ने बताएका छन्। उनले विपत आउने क्षेत्रको नक्सांकन, सुरक्षित उद्धार र व्यवस्थापन गरेमा नागरिकको जिउधनको सुरक्षा गर्न सकिने बताए। उनले भने, ‘विपत अघि नै उद्धार, सर्तकताका विषयमा पूर्व तयारी गरे विपतका समयमा सजिलो हुन्छ।’ 

मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले विपतका समयमा उद्धारका लागि लागि पूर्व तयारीबाट ठूलो सहयोग पुग्ने बताए। उपलब्ध भएका साधन स्रोत प्रयोग गरी उद्धार गरिने बताए। प्राकृति विपतका लागि स्थानीय तहले बजेट छुट्याउन आग्रह गरे। जिल्ला प्रशासन कार्यालय मोरङले २०७८ साउनदेखि हालसम्म बेमौसमे वर्षाबाट मृत्यु भएका ४ जनाका परिवारलाई २ लाखको दरले राहत र आगलागीवाट  क्षति भएका २ सय परिवारलाई राहत वितरण गरेको जनाएको छ।

जिल्ला विपत व्यवस्था समितिको कोषमा १ करोड रुपैयाँ संचित छ। बेमौसमी वर्षाबाट कृषकले लगाएका कृषिबाली नोक्सानी वापत पाउने क्षतिपूर्ति ३४ करोड माग गरी गृहमन्त्रालमा पत्र पठाएको जनाएको छ।

 

प्रकाशित: २८ जेष्ठ २०७९ १५:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App