यसरी घोषणा भयो संविधान
काठमाडौं-'संविधानसभामा संविधानसभाबाट पारित एवम् संविधानसभाका सम्मानित अध्यक्षद्धारा प्रमाणित भई प्रस्तुत नेपालको संविधान आज मिति २०७२ साल असोज ३ गतेदेखि प्रारम्भ भएको नेपाली जनतासमक्ष घोषणा गर्दछु,' राष्ट्रपति रामबरण यादवले आइतबार संविधान सभा बैठकमा संविधानका पाँचवटा प्रतिमा हस्ताक्षर गर्दै संविधान घोषणा गर्दा संविधानसभा हल लामो समय तालीले गुन्जियो।
संविधान घोषणा गर्दै राष्ट्रपति रामबरण यादव।
संविधान जारी भएको हेर्न पुगेका दर्शक, समर्थक, संविधानसभा परिसरमा रहेका सर्वसाधारण सबैले एकैसाथ ताली बजाएर नेपालको संविधानको स्वागत गरे।
संविधानसभा भवनमा संवैधानिक निकायका प्रमुख, पदाधिकारी, विभिन्न मुलुकका राजदुत, नेपाल सरकारका विशिष्ट तहका कर्मचारीहरु, सुरक्षा निकायका प्रमुखहरु, पुर्वसभासदहरु, सर्वसाधारणको सहभागिता रहेको थियो।
नेपालको संविधान जारी भएको घोषणाको केहीबेरपछि नै संविधानसभा भवन परिसरमा आतिसवाजी गर्दै खुसीयाली मनाइयो।
संविधान सभा भवनमा बेलुन बोकेर हिँड्दै नेपाली सेना।
संविधान जारी गर्ने समयमा सभासदहरु।
संविधान सभा भवनमा प्रधानमन्त्री सुशील कोइराला।
संविधान सभा भवन।
संविधान जारी भएको खुसियालीमा आतिसवाजी गिरिँदै।
दीपावली गर्दै युवा।
नयाँ संविधान ।
तस्बिरहरु: फोटोग्रफी व्यूरो