संविधान सभा बैठकमा सभासदको ‘साइड टक’
तर संविधान सभा हल भित्रको माहाैल हेर्दा संविधान निर्माण प्रक्रिया सभासदहरूको गहिरो चासो देखिँदैन। शीर्ष नेताहरूको हालिमुहालीले सबैकुरा निर्धारण गर्ने हुनाले सभासदहरू उदासिन बनेका एकथरी तर्क गर्छन्। जसका कारण संविधान निर्माणमा म पनि एक हिस्सेदार हुँ भन्ने सोँच र भावना सभासदहरूको दिलदिमागबाट मेटिदै गएको भान हुन्छ। सभासदहरूलाई साक्षी किनारा राख्ने र उपस्थिति जनाएर पाएको सुबिधा लिनेबाहेक ‘काम विहीन’ बनाइएको छ।
मस्याैदा समितिका सभापति कृष्णप्रसाद सिटाैलाले मंगलबारको संविधान सभा बैठकमा दफाबार छलफलका लागि विधेयक पेश गर्दै संविधान सभा एेतिहासिक क्षणमा अाएको बताए। तर संविधान सभा हल भित्रको दृश्यले एेतिहासिक क्षणको झल्को दिएन। संविधान सभा हल भित्र सभासदहरू दुईजना र दुईभन्दा बढीको समूहमा मुखामुख गर्दै यसरी ‘साइड टक’ गर्नमा व्यस्त थिए। हेर्नुस् थप तस्विरमाः
काभ्रेका एमाले सभासद रामहरि सुवेदी अर्का सभासदसँग कुराकानी गर्दै।
सर्लाहीका सभासद हरि उप्रेती गफमा मस्त।
बाग्लुङका कांग्रेस सभासद प्रकाश शर्मा गफिँदै
नेपाली कांग्रेसका महिला सभासदहरु गफ गर्दै।
कोही निद्रामा मस्त कोही गफमा व्यस्तः कांग्रेस सभासद कमला पन्त लगायत।
कांग्रेस सभासद महालक्ष्मी उपाध्याय डिना गफमा सहभागी हुन खाेज्दै
गफ गर्न नजिकँदै दुई सभासद।
कांग्रेसका धनराज गुरुङ र एमालेका गंगालाल तुलाधर
सभासद अनिता देवकोटा र धनराज गुरुङ लगायत।
कांग्रेस सभासदहरु गीता वाग्ले, शंकर भण्डारी, राजु थापा लगायत
सभासद अम्बिका बस्नेत अर्का सभासदसँग गफ गर्दै ।
सबै तस्विरः टेकनारायण भट्टराई