८ वैशाख २०८१ शनिबार
फोटो फिचर

साइकल लेनहरु अतिक्रमणमा (फोटोफिचर)

साइकलमैत्री शहर बनाउने उद्देश्यले ललितपुरका सडक साइकलमैत्री बनाइए पनि अहिले सबै साइकल लेनहरु अतिक्रमणमा परेका छन्। अहिले यी साइकल लेनको अवस्था हेर्दा सबैको हेपाई र पेलाईमा परेको देखिन्छ।

ललितपुर महानगरपालिकाको धेरै महत्व दिएर बनाएको सातदोबाटो, लगनखेल, सुन्धारा, पुल्चोक, भनिमण्डल, झम्सिखेल र कुपण्डोल क्षेत्रको सडकको साइकल लेनमा जताततै अवरोध नै अवरोध देखिन्छ। निम्न वर्गले चढ्ने साइकलको परिचय पछिल्लो समय स्वास्थ्य सचेतना र साइकलमैत्री सडक संरचना निर्माण हुने आशा गरिए पनि यस प्रकारको अव्यवस्थाले साइकल यात्रीहरुलाई निरुत्साही बनाएको छ।

साइकलको सवारी तर्फ उच्च वर्गको रुचि बदलिदै गए पनि यस प्रकारको अवरोधले पुनः धुवाँ फाल्ने सवारी साधनमा फर्काउन बाध्य बनाउँदै जाने छ।

 

प्रकाशित: ३ वैशाख २०७९ ०७:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App