तस्बिरमा कहाली लाग्दो सिन्धुपाल्चोक
त्यहीकारण त्यहाँका स्थानीयले सरकारी नम्बर प्लेटका गाडी, आर्मी र पुलिसका गाडी, आइएनजिओका गाडीहरुलाई प्रवेश निषेध गरेका छन्। जल्केनीका राजकुमारका अनुसार आर्मी पुलिसहरु छैटौं दिनमा नाकमुख थुन्दै आएको भन्दै आक्रोश पोखे। 'गनायो भनेर नाकमुख छोपेर उद्धार गर्न आएको भन्छन्,' राजकुमारले नागरिकन्युजले भने, 'हामी आफैंले शव निकालिसकेपछि उनीहरु आएको के काम?'
त्यतिमात्र हैन, राहत सामग्री नहुँदा सिन्धुपाल्चोकको लामोसाँघु क्षेत्रका बासिन्दासमेत प्रभावित छन्। हालसम्म त्यहाँ सरकारी निकायका अिधकारी र मिडियासमेत पुग्न सकेको छैन। आक्रोसित उनीहरुले देशका नेताहरुलाई लखेटेर निकाल्नुपर्ने बताए।
सबैभन्दा कहाली लाग्दो त बाह्रबिसेभन्दा माथिको क्षेत्रमा रहेको त्यहाँका प्रहरी निरीक्षक मन्जिल मुकारुङले बताए। उनका अनुसार बाह्रबिसे-तातोपानी क्षेत्रमा पहिरो गएकाले सम्पर्क हुन नसकेको उनले बताए। उनका अनुसार त्यहाँको एकीन तथ्यांक पनि अहिलेसम्म प्राप्त भएको छैन।
हेरौं केही तस्बिर :
बाह्रबिसेमा भत्किएको घर।
बाह्रबिसेमा उद्धारपछि शिविरमा उपचार गराउँदै बालक।
अरनीको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको बलेफीमा पहिरो पन्छाएर गन्तब्यमा जाँदै यात्रुबाहक बस।
बलेफीकै स्थानीय बजारमा काठमाडौं ल्याउन राखिएको काक्रो।
सिन्धुपाल्चोकको जल्केनीमा चौतरा हिँडेका नेपाली सेनाको गाडीलाई स्थानीयले अवरोध गरेपछि।
सिन्धुपाल्चोकको जल्केनीमा स्थानीयले धेरै भाडा असुलेको भन्दै अवरोध गर्दै।
सिन्धुपाल्चोक सानो सिरुबारीका बालिका बिस्कुट खाँदै।
क्रियापुत्री बसेका सिरुबारीका स्थानीय।
विवाह भएको तीन दिनमै श्रीमान गुमाएकी नर्सिङ डाँडाकी अनिता परियार।
सिन्धुपाल्चोक नर्सिङ डाँडाका एक बालकलाई जिवितै उद्धारपछि। उनको स्वास्थ्य उपचार अझै हुन सकेको छैन।
सिन्धुपाल्चोकको नर्सिङ डाँडाँमा आफन्त गुमाएका महिला।
सिन्धुपाल्चोकको सानो सुरुबारीमा भत्किएको घर नियाल्दै।
काभ्रेपलान्चोकको पाँचखालमा श्रीलकंन आर्मी। उनीहरु काभ्रेका विभिन्न स्थानमा उद्धारमा खटिएका छन्।
सबै तस्बिर : मदन चौधरी