११ माघ २०८१ शुक्रबार
image/svg+xml
फोटो फिचर

वर्षाले सर्वसाधारणको बिचल्ली

आइतबार मध्यरातमा तनहुँकी सरस्वती परियार सुनधारास्थित नेपाली सेनाको मुख्यालयमा सेनासँग बासको व्यवस्था मिलाइदिन गुहार्दै थिइन् । विदेशबाट पतिलाई लिन राजधानी आइपुगेका उनीसँगै ५ जनाले सेनासँग पाल मिलाइदिन आग्रह गर्दै थिइन् । नेपाली सेनाले मुख्यालयमा टाँगेका पाल देखाउँदै उतै बस्न आग्रह गरे । सरस्वतीले कहीँ पनि ठाउँ नभएको भनेपछि केही गर्न नसकिने ती सेनाले जवाफ फर्काए ।

पटकपटक भूकम्पको धक्का महसुस हुनु र राति आएको वर्षासँगै लाखौं जनता बिचल्लीमा परेका छन् । नागरिकन्युजको टोली मध्यरात टुडिखेल पुग्दा कहाली लाग्दो दृश्यहरु देखिए । वर्षाले पालभित्रैसम्म पानी पारेपछि उनीहरु बिचल्लीमा परेको बताएका थिए । आगो बाल्दै गरेका कलकत्ता निवासी प्रदीपले वर्षाकै कारण आगो तापेर बस्नुपरेको बताए । 

टुडिखेलमै पाल नपाएर सर्वसाधारणहरु भौतारिरहेका देखिन्थे । उनीहरु ज्यानमा सिरक बेरेर बासस्थानको खोजिमा देखिन्थे । पालभित्र बसेका अधिकाशंले आफूहरु भोकै रहेको बताएका थिए । पसल खुल्ला नहुनु र भूकम्पको त्रासले घर जाने स्थिति नबनेपछि भोकै बस्नुपर्नै बाध्यता रहेको उनीहरुले बताए । सुत्ने ठाउँ नपाएपछि मानिसहरु सहिद गेटभित्र समेत सुतेका थिए ।
हेरौं मदन चौधरीले खिचेका केही तस्बिर

Nepali_People_after_Earthquake_18.jpg

Nepali_People_after_Earthquake_16.jpg

Nepali_People_after_Earthquake_11.jpg

Nepali_People_after_Earthquake_17.jpg

Nepali_People_after_Earthquake_08.jpg

 Nepali_People_after_Earthquake_06.jpg

Nepali_People_after_Earthquake_07.jpg

Nepali_People_after_Earthquake_12.jpg

Nepali_People_after_Earthquake_14.jpg

Nepali_People_after_Earthquake_15.jpg

Nepali_People_after_Earthquake_10.jpg

Nepali_People_after_Earthquake_04.jpg

Nepali_People_after_Earthquake_01.jpg

Nepali_People_after_Earthquake_02.jpg

Nepali_People_after_Earthquake_13.jpg

Nepali_People_after_Earthquake_03.jpg

Nepali_People_after_Earthquake_03.jpg

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App