८ वैशाख २०८१ शनिबार
फोटो फिचर

यसरी मनाइयो ताप्लेजुङमा सेना दिवस (फोटोफिचर)

मार्चपाससहितका कार्यक्रम। तस्बिर: खगेन्द्र/नागरिक

महाशिवरात्री तथा सेना दिवसको अवसरमा यहाँ स्थित भीमकाली गुल्मले मार्च पार्स तथा सलामी अर्पणसहितका बिभिन्न कार्यक्रम सम्पन्न गरेको छ।

नेपाली सेना,नेपाल प्रहरी,शसस्त्र प्रहरी,राष्ट्रिय अनुसधान तथा यहाँस्थित लिटलबुद्ध इङ्लिस बोर्डिङ स्कुलमा तालिमरत राष्ट्रिय सेवा दल एनसिसीमा आवद्धहरुको सहभागितामा मार्च पास गरिएको हो। भीमकाली गुल्मबाट सुरु भएको मार्चपास नगर परिक्रमा गर्दै सिद्धिडाँडामा रहेको चण्डेश्वर मन्दिर धामसम्म पुगेको थियो।

त्यहाँ चण्डेश्वर,पाथीभरा सहितका धार्मिक शक्तिपीठहरुका नाममा सलामी अर्पण गरिएको थियो। भीमकाली गुल्मका गुल्मपति सेनानी अदित श्रेष्ठले मार्चपास पछि गुल्मका आयोजित बिशेष समारोहमार्फत राष्ट्रसेवाको क्रममा जीवन उत्सर्ग गर्ने अमर शहीदहरुप्रति स्मरण स्वरुप सम्मान अर्पण गरिएको जानकारी दिए।

जिल्ला न्यायाधीस प्रकाश राउत,जिल्ला प्रहरी कार्यालयका प्रमुख(डिएसपी)बाल नरसिंह राणा,सशस्त्र प्रहरी बल नं १ गुल्म कञ्चनजंघा हेडक्वाटरका गुल्मपचित रोशन बुुढाथोकी,राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय ताप्लेजुङका प्रमुख अनुसन्धान अधिकृत रमेश अधिकारी,लिटलबुद्ध इङ्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल युवराज गिरी सहित बिभिन्न क्षेत्रमा सम्बद्ध अगुवाहरुको उपस्थितिमा कार्यक्रम सम्मपन्न गरिएको भीमकाली गुल्मले जनाएको छ।

साविकका वर्षहरुमा पाथीभरा म्याराथन सहितका कार्यक्रम हुने भएपनि कोरोना संक्रमण पछिको परिस्थितिमा भने म्याराथन सञ्चालन भएको छैन।

प्रकाशित: १७ फाल्गुन २०७८ ०६:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App