१६ चैत्र २०८० शुक्रबार
फोटो फिचर

३० दलीय मोर्चाको शक्ति प्रदर्शन

काठमाडौं-एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले नेकपा एमालेलाई कांग्रेसमा विलिन हुन सुझाव दिएका छन्। ३० दलीय मोर्चाले खुलामञ्चमा आयोजना गरेको सभालाई सम्वोधन गर्दै दाहालले कांग्रेस–एमाले दुईवटा पार्टी नभइ एउटै भएको व्यंग गरे।

 
Maoist led 30 party alliance mass meet 01
 
30 party alliance rally-04
 
 
उनले भने 'एमाले अब कांग्रेसमा घुसे हुन्छ।' उनले एमालेले आफ्नो घोषणा पत्र विपरित कांग्रेसका एजेण्डामा आत्मसमर्पण गरेको बताए। उनले संविधानसभाबाटै संविधान जारी गर्नु पर्ने बताए। दाहालले संविधानसभा अल्पमत र वहुमतको खेल नभएको बताए।
30 party alliance rally-0 4

अहिलेको परिवर्तन कांग्रेस एमालेले नल्याएको दाहालको भनाइ थियो। 'परिवर्तन जनताका छोरा छोरीले ल्याएको हो' दाहालले भने, 'आउने दिनमा नेपाल जनताको कब्जामा हुनेछ। बर्बादी गर्ने तत्वको अन्त्य हुने छ।' दाहालले समयछँदै सहमति गर्न चेतावनि दिए। उनले विगतका सहमति र सम्झौतालाई कार्यन्वयन गर्ने प्रतिबद्धता जाहेर गरे अझै पनि सहमति हुनसक्ने भन्दै समयछँदै वार्ता प्रक्रियामा अगाडि बढाउन सत्तारुढलाई चेतावनि दिए।
30 party alliance rally-06
दाहालले सहमतिको लागि माघ ११ गते गठित प्रस्ताव निर्माण समिति खारेज गरी संवैधानिक संवाद तथा सहमति समिति मार्फत अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे भोलीबाट नै वार्ता हुनसक्ने बताए। दाहालले संविधानसभा मंसिर चार गतेको चुनावबाट आएको नभइ २० हजारको बलिदानीबाट आएको दाबी गरे। 'कांग्रेस–एमालेले मंसिर ४ गतेको निर्वाचनबाट ल्याएको भन्ने भ्रम छ,' उनले भने। दाहालले संविधानसभालाई आगोसँग तुलना गर्दै संविधानसभासँग खेल्ने जो कोही पनि भष्म हुने चेतावनी दिए।
30 party alliance rally-08
 
'संविधसभा कांग्रेस एमालेको पेवा होइन,' दाहालले भने,'संविधानसभा बहुमत र अल्पमतको खेल होइन। त्यसलाई कैद गर्न खोजियो भने विष्फोट हुन्छ।' सत्तारुढ दलले समयमै नबुझे संविधानसभा विद्रोहको सभा हुने चेतावनी। कांग्रेस–एमाले नसच्चिए खबरदारी सभा जिल्ला जिल्लामा हुने र जिल्ला कब्जा गर्ने चेतावनी दिए।

बलात्कारीलाई फाँसी दिनुपर्छ
Prachanda addresses mass meet 01

दाहालले बारामा ६ वर्षीया बालकिालाई बलात्कार गर्ने अपराधीलाई फाँसी दिनुपर्ने बताए। 'बारामा ६ वर्षीया बालिकाको बलात्कार भएको छ,' दाहालले भने,'त्यस्ता अपराधीलाई के गर्ने भनेर सरकार सोचिरहेको छ? त्यस्ता अपराधीलाई फाँसी दिनुपर्छ।' अपराधीलाई फाँसी दियो भने मात्र त्यस्ता घटना कम हुने दाबी गरे। उनले विश्वका धेरै मुलुकमा अपराधीलाई फाँसी दिने कानुन रहेको बताए।
Maoist mass meet 01
 
Maoist mass meet 02
 
Maoist mass meet 03
 
Maoist mass meet 05
UCPN-Maoist lead 30 party alliance rally 05
 
Injured during party protest 01
तस्बिरहरु: केशव थोकर/ दिपेश श्रेष्ठ
खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App