१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
फोटो फिचर

बाग्मती किनारमा सद्भावको दियो(फोटो फिचर)

वीरगन्जकी अनुषा झाले बुधबार साँझ जोरपाटीकी अस्मिता पुडासैनीसँगै बाग्मतीस्थित गुह्यश्वरी घाटमा अस्ताउँदो सूर्यलाई अर्घ दिएर छठ पर्व मनाइन्। तराईकी झा र पहाडकी पुडासैनीले एकै ठाउँमा बसेर पूजा समेत गरिन्। प्रसादका रूपमा नरिवल, केरा र ठेकुवा चढाउँदै सूर्यलाई अर्घ दिँदा उनीहरु एकै परिवारका सदस्यजस्तै देखिन्थे।

उनीहरुजस्तै थुप्रै पहाडी र मधेशी समुदायले एकै ठाउँमा बसेर संयुक्त रुपमा छठ पर्व मनाए। गुह्येश्वरीस्थित बाग्मती किनारमा धेरै पहाडे र मधेसी समुदायका परिवार मिलेर छठ पर्व मनाउन थालेको एक दशकभन्दा बढी भइसक्यो।

फरक समुदायका ब्रतालुले अस्ताउँदो सूर्यलाई अर्घ दिँदा नदी किनारमा सद्भावको प्रवाह देखिन्थ्यो। उपत्यकामा करिब आठ दशकअघि टंकेश्वरको विष्णुमति नदी किनारमा सीमित व्यक्तिले छठ पर्व मनाउन सुरु गरेको अनुमान छ। अहिले भने उपत्यकाका विभिन्न क्षेत्रका दुई दर्जनभन्दा बढी स्थानमा छठ पूजा हुने गर्छ।

कालिमाटी, कुपन्डोल, थापाथली, गौरीघाट, बल्खु, बानेश्वर बाग्मती पुल, गुह्येश्वरी, कमलपोखरी, नागपोखरीलगायत स्थानमा छठपूजा गरिन्छ।

छठ पर्व हेर्न सर्वसाधरणको समेत भिड लाग्न थालेको छ। बुधबार नदी किनारमा अस्ताउँदो सूर्यलाई अर्घ दिँदै सुरु भएको छठ पर्व बिहीबार बिहान उदाउँदो सूर्यलाई पूजा गरेसँगै सम्पन्न हुनेछ। केही तस्बिरहरु:

प्रकाशित: २४ कार्तिक २०७८ १२:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App