१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
फोटो फिचर

डेढ वर्षपछि बल्ल परीक्षा

कोरोना भाइरस महामारीले डेढ वर्षदेखि रोकिएको परीक्षा आइतबारदेखि भौतिक रुपमा शुरु भएको छ । आइतबारदेखि स्नातक तहको पहिलो वर्षको वार्षिक परीक्षा सुरु भएको हो ।  कोरोना संक्रमण घटेको भन्दै त्रिभुवन विश्वविद्यालयले परीक्षा लिन थालेको हो ।

अघिल्लो वर्षको भदौमा हुनुपर्ने स्नातक तहको परीक्षा कोरोना महामारीको पहिलो लहरले स्थगित भएको थियो । यसवर्ष पनि महामारीको दोस्रो लहरले स्नातक तहको परीक्षा पछाडि धकेलिँदै गएको थियो । लामो समय परीक्षा दिन नपाउँदा विद्यार्थी मानसिक तनावमा परेका थिए ।  

त्रिभुवन विश्वविद्यालयले परीक्षाको मिति तोकेसंगै आइतबारदेखि बीए, बीएड र बीएससी तर्फको चार वर्ष र तीन वर्षको परिक्षा सुरु भएको छ । सोमबारदेखि स्नातक ंतह पहिलो वर्षका व्यवस्थापन संकायको परीक्षा सुरु हुँदैछ ।  

महामारीलाई मध्यनजर गर्दै परीक्षा सेन्टरमा भौतिक दुरि अपनाएर परिक्षा संचालन भएको छ  ।

असहज परिस्थितिमा पनि विद्यार्थीहरु उत्सुकतापुर्वक परीक्षामा सहभागी भएको विभिन्न क्याम्पसले बताएका छन ।

प्रकाशित: १० श्रावण २०७८ ०९:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App