७ वैशाख २०८१ शुक्रबार
फोटो फिचर

मेलम्ची बाढीः बगरमा तैरिएका पीडाहरु

तस्बिरहरूः सुभद्रा/नागरिक

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा असार १ गते भिषण बाढी गयो। मेलम्ची नदीमा एककासी आएको डर लाग्दो बाढीले झण्डै २ सय बढी घरहरुमा ठूलै क्षति पुग्यो। बाढी आएको महिनादिन पुगेपनि यहाँका स्थानीयहरुको मुहारमा खुसी देख्न सकिँदैन। करिब ३ सय परिवारको मुहारको खुसी लुटेको यो बाढीको अवशेष अहिले झनै डरलाग्दो देखिन्छ।  

न सडक छ, न त बत्ति नै, यहाँका पीडितहरु आफूले कडा मेहेनतका साथ सपनाको घर ठडाएका थिए। तर, त्यो दिन साँझ उर्लिएको भिषण बाढीले धेरैको सपना लुट्यो।  

हाल यहाँका स्थानीय आफ्नो घर मेलम्ची नदीको बहावमा बगेको टुलुटुलु हेर्न बाध्य छन्। न त त्यहाँ राहत पुगेको छ, न त सरकारको साथ र सहयोग नै।  

बिरामी हुँदा समेत उपचार गर्न सक्दैनन् यहाँका स्थानीय, कारण हो सडक सञ्जाल। अरु केही नगरेपनि कम्तिमा ढुक्कले हिँड्न सक्ने सडक बनाइदिएको भए पीडितहरुलाई केही राहत हुने थियो।  

 

प्रकाशित: ४ श्रावण २०७८ ११:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App