८ वैशाख २०८१ शनिबार
फोटो फिचर

'स्वास्थ्य संस्था जनताको अधिकार, जनस्वास्थ्यको व्यापारलाई बहिष्कार'

नागरिक समाजका अगुवाहरुलाई प्रहरीले आज नियन्त्रणमा लिएको छ। चिकित्सा शिक्षा आयोगमाथि राजनीतिक हस्तक्षेपको विरोधमा प्रदर्शनमा उत्रिएका उनीहरुलाई बालुवाटारबाट नियन्त्रणमा लिएको हो।  

नागरिक अगुवाहरुको उक्त प्रदर्शनमाथि प्रहरीले हस्तक्षेपसमेत गरेको छ। प्रहरीले अगुवाहरु नागरिक अभियन्ता खगेन्द्र संग्रौला, नारायण वाग्ले, सञ्जीव उप्रेती, अर्चना थापा, युग पाठक, सङ्गीत, सरिता परियारलगायतलाई नियन्त्रणमा लिएको छ।

‘स्वास्थ्य सेवा हो, व्यापार होइन, सरकार सेवक हो मालिक होइन’, ‘निजी अस्पताल खोल्न प्रधानमन्त्री खटिने, सरकारी अस्पतालबाट बिरामी लखेटिने’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर उनीहरु प्रदर्शनीमा उत्रिएका थिए। 

प्रकाशित: २८ जेष्ठ २०७८ ०७:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App