१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
फोटो फिचर

निषेधाज्ञा कार्यान्वय गराउन चर्को घाममा यसरी खटिएको छ प्रहरी (फोटोफिचर)

पाँचथर सदरमुकाम फिदिममा खटिएका प्रहरी । तस्बिरहरु : गिरिराज/नागरिक

सोमबार दिउँसोको चर्को घाममा पाँचथर सदरमुकाम फिदिमको चोक चोकमा प्रहरीहरु निषेधाज्ञा कार्यान्वयमा खटिरहेका देखिन्थे। कतै मोटरसाईकल रोक्दै, कतै हिँड्डुल गर्ने मान्छेहरुलाई सम्झाउँदै रोक्दै थिए। चर्को घाममा खटिएका आँखा छल्न पाउँदा मोटरसाईकल कुदाउने र सडकमा मान्छे निस्किन खोजीहाल्थे।

एकसाता अघि निषेधाज्ञा जारी भएपछि यसरी नै प्रहरी खटिएका छन्। प्रहरी टोलीले विहानैदेखि माईकिङ गर्दै गाडीबाट पेट्रोलिङ हुन्छ। मुख्य नाका र चोकमा प्रहरी खटाइएको छ। गाउँ गाउँमा प्रहरी निषेधाज्ञा कार्यान्वयन, सचेतना तथा कोरोना संक्रमित भईहाले उद्वारमा समेत खटिनु परेको छ। नागरिक साहयता केन्द्रमा पनि प्रहरी खटिएको छ।

यसरी खटिएका प्रहरीसँग राज्यप्रतिको दायित्व एकातिर छ भने परिवारको चिन्ता पनि छ। कोडिभको दोश्रो लहरविरुद्ध प्रहरीले विभिन्न सचेतनामुलक कार्यक्रम गर्दै आएको पाइन्छ।

‘कोभिड १९ संक्रमण समुदायसम्म फैलिएको कारण यसको जोखिम अग्रभागमा खटिने निकाय नेपाल प्रहरी भएको कारण संक्रमणको जोखिमबाट बच्न आवश्यक समाग्रीसहित खटिएका छौँ,’ पाँचथरका प्रहरी प्रमुख डिएसपि दानबहादुर थापाले भने, ‘दैनिक माइकिङ गरेर सचेतना जगाई रहेका छौँ। स्थानीय जनप्रतिनिधिको समन्वयमा बाहिरबाट आएकालाई होम क्वारेन्टिनमा राख्ने, पिसिआर परीक्षण गरेकालाई होम क्वारेन्टिनमा राख्नका लागि काम गरीरहेका छौँ। 

पोजेटिभ देखिएकालाई स्वास्थ्य मापदण्ड अपनाएर बसेनबसेको अनुगमन गरिरहेका छौँ।’ प्रहरीले विभिन्न ठाँउमा रहेका ५२ थान सिलिण्डर संकलन गरेको थियो। प्रहरीलाई विभिन्न ठाउँमा स्थानीयले सहयोग गरेको पनि देखिन्छ। पेट्रोलिङ गर्ने, सीमामा आवातजावत गर्न नदिने, जिल्ला भित्रने ठाउँमा निगरानी राख्ने काममा सशस्त्र प्रहरी समेत खटिएको छ।

 

प्रकाशित: ४ जेष्ठ २०७८ १५:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App