तिब्बतको राजधानी ल्हासा आउने कुनै पनि पर्यटकले घुम्न नछुटाउने एउटा स्थान छ, त्यो हो पोताला दरबार। शहरको पूर्व–उत्तर कुनामा रहेको यो दरबारको बाहिरी रूपले सबैलाई लोभ्याउछ। यो ल्हासाको पहिचान हो। पोताला एउटा दरबारमात्र नभएर विश्वकै एउटा ठूलो संग्राहालय हो भन्दा फरक पर्दैन। यो त्यतिबेला मात्र पुष्टि हुन्छ, जतिबेला दरबारभित्र पसिन्छ। साँच्चै भन्ने हो भने यो बुद्ध धर्म मान्नेहरू, धर्म–संस्कृति र सभ्यता सिक्नेहरूका लागि संसारकै सबैभन्दा उत्तम स्थल हो। यसलाई तिब्बतकै शान भन्दा पनि हुन्छ। चीन सरकारकै ठूलो सम्पत्ति भन्दा फरक पर्दैन।
ल्हासा घुम्न आउनेहरूको प्रमुख गन्तव्य स्थल हो, पोताला दरबार। हरेक दिन पोताला दरबारमा स्वदेशी तथा विदेशी पर्यटकहरूको भीड लाग्छ। एक हजार तीन सय वर्ष पुरानो भनिने यो दरबार बाहिरबाट हेर्दा जति सुन्दर देखिन्छ, भित्र घुम्दा झनै आनन्द आउँछ। यसले छुट्टै संसार र विगतको झल्को दिएको छ। दरबारभित्र हजारौं वर्ष पुराना हजारौं संख्यामा मूर्तिहरू छन्। ती मूर्ति तिब्बत वा चीनको मात्र नभई भारत, नेपाललगायत अन्य देशहरूबाट समेत ल्याइएका छन्। तीमध्ये पनि विशेषगरी बुद्ध भगवान्का समयअनुसारका विभिन्न रूप झल्कने बहुमूल्य मूर्तिहरू राखिएका छन्। अझ रोचक पक्ष त बुद्ध धर्मका गुरु मानिने लामाहरूले पेगोडा शैलीमा बनाएका स–साना बहुमूल्य मन्दिरहरू दरबारभित्र छन्। तीन हजार सात सय किलो भन्दा बढि सुन र महंगा तथा दूर्लभ वस्तुहरुको प्रयोगबाट बनाइएको मन्दिरहरु पनि दरबार भित्र छन। पहिलो बौद्ध धर्म गुरु लामादेखि अहिलेसम्मका लामाहरुको जिवनी र उनीहरुले आफ्नो शासन शासन कालमा बनाएका मूर्तिहरु र ज्ञानलाई विभिन्न रुपमा समेटेर यहाँ राखिएको छ। प्राय सबै धर्म गुरु लामाको मूर्ति र तस्वीरहरु यहाँ छन। उनीहरुलाई ज्ञान बा“डेका शिक्षकलगायत उनीहरुको तत्कालिन जिवनमा सहयोग गरेका व्यक्तिहरुको मूर्ति समेत राखिएको छ। उनीहरुको जिवन शैली र रणनीतीबारे पनि जानकारी दिन्छ, यो दरबारले। त्यसो त दरबार भित्र बौद्ध धर्मग्रन्थ र लिपीहरु पनि त्यत्तिकै राखिएको छ। दरबार भित्र विभिन्न तलाहरु छन्। ती तलाका भर्याङ भने सामान्य काठका फ्ल्याक हालेर बनाइएको छ। त्यस माथि रातो कार्पेट ओछ्याइएको छ। ती निकै ठाडो अवस्थामा छन्। चढ्दा र ओर्लदा निकै ख्याल गर्नुपर्ने रहेछ। दरबार कर्मचारीहरुको सहयोग बिना दरबार भित्र घुम्न अलि गाह्रो देखिन्छ। दरबार भित्रका सबै कोठाहरु घुम्न लगभग एक दिनमा संभव छ छैन। तर यहा“का अधिकांस कोठाहरु घुम्न सकिन्छ। दरबारका कतिपय भागको जिर्णोद्धार गरिएकेा छ भने कतिपय भाग सुरुकै अवस्थामा छन्। काठैकाठको प्रयोग गरेर दरबारलाई भित्रबाट थडाइएको छ। भित्र बिच बिच मा ठूल ठूला खाबा गाडिएको छ। पोताला भित्र रातो र सेतो गरेर दुइवटा दरबार छन। ती दरबारका भित्ताहरु एक किसिमको घाँस र माटोबाट बनाइएको छ। त्यो निकै कलात्मक देखिन्छ। भित्र हरेक खण्डमा एक एक बौद्ध लामाहरु धुप बत्ति बालेर बसिरहेका हुन्छन। उनीहरु मङग बसाउने धुप बत्ती बालेर जप गरिरहेका हुन्छन। मानौ भित्र पुरै वास्ना आइरहेको हुन्छ। दरबार भित्र सबै भन्दा बढि बुद्धका मूर्तिहरु छन्। ती मूर्ति हजारौंको संख्यामा देखिन्छन। परापूर्वकालका पाण्डुलिपी र लेखहरु त्यत्तिकै राखिएको छ। कतिपय महत्वपूर्ण त्यस्ता कागजातका सक्कल चिनको राजधानी बेइजिङस्थित संग्रहालयमा राखिएको छ। यहाँ प्रतिलिपीहरु मात्र छन। तीनलाई काठको खण्डै खण्ड भएको ठूलठूला दराजमा ढुङगाले च्यापेर राखिएको छ। तर उल्लेखित यी दृश्य क्यामेरामा कैद गर्ने अनुमति दरबार प्रशासनले कसैलाई दिएको छैन। त्यसैले यो पंक्तिकारले पोतालाको बाहिर रुप तस्वीर मार्फत पाठकहरु माझ पस्किने प्रयास गरेको छ। कस्तो देखिन्छ त चारैतिरबाट हेर्दा पोताला दरबार? तस्वीर दरबारको उत्तर, दक्षिण, पूर्व र पश्चिमबाट खिच्ने प्रयास गरिएको छ। केही भागहरु खण्ड खण्ड पारेर खिचिएको छ।
यस्तै, युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ६६ पैसा र बिक्रीदर १७६ रुपैयाँ ३६ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०१ रुपैयाँ ६० पैसा र बिक्रीदर १०२ रुपैयाँ ४० पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १९१ रुपैयाँ नौ पैसा र बिक्रीदर १९१ रुपैयाँ ८५ पैसा कायम गरिएको छ।
परीक्षाको सुरक्षाका लागि प्रत्येक केन्द्रमा १५ जना प्रहरी, एक केन्द्राध्यक्ष, एक सहायक केन्द्राध्यक्ष, २० जना परीक्षार्थी बराबर एक निरीक्षक, १०० परीक्षार्थी बराबर एक कार्यालय सहयोगी र अन्य दुई कर्मचारीको व्यवस्था गरिएको बोर्डले जनाएको छ।