८ वैशाख २०८१ शनिबार
फोटो फिचर

यसरी बन्दैछ धरहरा (फोटो फिचर)

विक्रम संवत् २०७२ सालको भूकम्पका कारण तहसनहस भएको ऐतिहासिक धरहराको अहिले धमाधम पुननिर्माण भइरहेको छ। भूकम्पले भत्काएकै स्थानमा निर्माण भइरहेको धरहरा २३ तलाको हुनेछ। तर, बाहिरबाट हेर्दा ११ तलाको मात्र देखिनेछ।

अहिलेसम्म धरहराको २० औँ तलाको पुनर्निर्माणको काम सम्पन्न भइसकेको छ।  

जमिन माथिबाट गजुरसम्म ७९.२ मिटरको उचाई रहने धरहरमा दुईवटा लिफ्ट राखिनेछ। साथै फलामको भर्या१ङ समेत राखिनेछ। धरहराको २० औं तलामा दृश्यावलोकनका लागि बाहिरतिर साढे दुई मिटरको बार्दली राखिनेछ।

दुई वर्षमा पुननिर्माण सक्ने सम्झौता गरी चीनको जिआइआइटिसी र नेपालको रमन कन्स्ट्रक्सनले असोज २०७५ मा संयुक्त रूपमा काम सुरु गरेका थिए। तर, तोकिएको मितिमा निर्माण कार्य सम्पन्न नहुने भएपछि २०७८ असार १७ सम्म म्याद थप गरिएको छ।

 

खुशी 90.9%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 9.1%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App