७ वैशाख २०८१ शुक्रबार
फोटो फिचर

आहा ! मुवा झरना (फोटो फिचर)

पाँचथरको उत्तरी फालेलुङ गाँउपालिकामा रहेको मुवा झरनाको सुन्दरतामा रमाउन त्यहाँ पुग्नेको संख्या बढ्दै गएको छ। फालेलुङ गाँउपालीकाको वाड नं. ५ र ६ को सिमानामा रहेको यो झरनाको दृष्य आर्कषक रहेको छ।

धेरै जसो झरनाहरु हिउँद लागेपछि सुक्छन्। तर मुवा झरनामा १२ महिनानै पानी झर्ने हुँदा यो झरनाको महत्व बढेको देखिन्छ। जाडो बढेपछि झरनामा रमाउन पुग्ने क्रम रोकिएको छैन्। शनिबार तथा अन्य बिदाका दिनमा यहाँ भिडभाड नै देखिन्छ। सदरमुकाम लगायतका बजारदेखि टाढा भएपनि यहाँ पुग्ने क्रम बढेको देखिन्छ। अग्लो पहाडबाट खसेको झरनाको दृष्यले मन लोभ्याउँछ। आसपासका दृष्य पनि सुन्दर छन्। अग्लो पहाडमा भिरमौरी बस्ने गुड रहेको छ।

यहाँ चहलपहल बढेपछि झरना नजिकै होटल सञ्चालनमा आएको छ। सडक मर्मत गर्ने, पदमार्ग बनाउने काम भएको छ। झरना बग्ने ठाँउ नजिकै झोलुङ्गे पुल बनाइएको छ। झोलुङ्गेपुलका कारण आर्कषण बढेको छ।  यसका साथै झरनाको नजिकै बस्ने ठाँउ, खानेपानी लगायतका संरचना बनाइएको छ। यो झरनाको प्रचार तथा विकासमा लागि परेका दिप ज्योती युवा क्लबका कार्यकारी निर्देशक सुनिल बान्तवाका अनुसार यो ठाँउको सुन्दरताले घुम्न आउँनेको संख्या बढेको छ। ‘सडक झरना नजिकैसम्म रहेकाले मोटरसाईकल र गाडीमा आउनु हुन्छ। लेकबाट आएको पानीले बनेको यो झरना सुन्दर छ। साथै आसपासमा घुम्ने ठाँउपनि छन्’, वान्तवा भन्छन् ‘हामीले यो ठाँउलाई आर्कषक पर्यटकिय गन्तव्य बनाउनकालागि काम गरिरहेका छौँ।’

गाँउपालीका तथा वार्डले बजेट विनियोजन गरेर विकासको कम गरीरहेको छ। फिदिम–फालोटसडक कालोपत्रे भईसकेपछि थप पर्यटक आउने स्थानीयको अपेक्षा रहेको छ। यो खण्डको कालोपत्रेको काम भइरहेको छ। सदरमुकाम फिदिमबाट ३५ किलोमीटर टाढा यो झरना रहेको छ। ‘सुरुमा प्रचार गर्यौ। अहिले पूर्वाधार विकासको काम भईरहेको छ’ फालेलुङ–६ कि वार्ड अध्यक्ष सुजता वान्तवा भन्छिन् ‘यो हाम्रो महत्पूर्ण गन्तव्य हो। यसलाई विकास गर्न लागि परेका छौँ।’

यहाँपुगकाहरु सौन्दर्यतामा रमाउने गरेको पाईन्छ। सामाजिक सञ्जालमा यहाँको तस्बिर चर्चित भईरहेका छन्। ‘गुमनाम रहेको यो झरना प्रचारमा आएको छ। जुनसुकै महिनपनि यहाँ रमाउन सकिने भएकाले महत्पूर्ण लाग्यो’ झरना पुगेका नेकपा नेता हर्क नेम्बाङ मिक्सो भन्छन् ‘आसपासमा पनि सुन्दर गन्तव्य रहेकाले यो ठाँउको महत्व बढि छ।’

बोर्ड राख्ने, सडक बनाउने, बस्ने ठाँउ बनाउने काम भएका छन्। झोलुङ्गेपुलबाट झरनाको दृष्यमा रमाउनेहरु देखिन्छ। यहाँ आन्तरीक पर्यटकको बढोत्तरी भएकाले थप पूर्वाधार बनाउन आवश्यक रहेको स्थानीय काग्रेसका नेता दिपक राई बताउँछन्।  

रेडपाण्डा पाईने क्षेत्रमा यो झरना रहेको छ। यो ठाँउ जैविक विविधताले धनि छ। पर्यटक बढ्न थालेपछि स्थानीय पनि खुसि देखिन्छ। स्थानीय स्तरमा मुवा झरना संरक्षण समिति बनाएर काम भईरहेको छ। ‘स्थानीय सरकारको सहयोगमा केहि काम भएका छन्। यो ठाँउलाई महत्पूर्ण गन्तव्य बनाउन लागि परेका छौँ’, संरक्षण समितिका अध्यक्ष रविन जवेगुले बताए।

हेर्नुस् तस्बिरहरु :

 

 

 

प्रकाशित: १ पुस २०७७ ०९:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App