११ चैत्र २०८२ बुधबार
image/svg+xml
फोटो फिचर

पशुपति क्षेत्रमा स्थानीयको आन्दोलन(फाेटाे फिचर)

पशुपति क्षेत्र विकास कोषले तयार पारेको गुरुयोजनाको विरोधमा पशुपति क्षेत्र वरपरका बासिन्दा आन्दोलनमा उत्रिएका छन्। पशुपति क्षेत्र संयुक्त संघर्ष समितिको घोषित चरणवद्ध आन्दोलनको कार्यक्रमअन्तरगत आज प्लेकार्डसहित धर्ना बसेका हुन्। पशुपति क्षेत्रको विकासको नाउँमा परापूर्वदेखिको बस्ती नै मास्ने र स्थानीय संस्कृति तथा जात्राको विनाश गर्ने गरी गुरुयोजना ल्याइएको स्थानीयको आरोप छ । 

उनीहरुले 'प्राचिन बस्ती मास्न पाइदैन, यस्तो गुरुयोजना चाहिदैन, पशुपति क्षेत्रलाई स्वायत्त क्षेत्र घोषणा गर, धर्मशाला बेच्न पाइदैन, भ्रष्ट पदाधिकारी चाहिदैन'लगायतका नारा लेखिएका प्ले कार्ड बोकेका थिए।

खुशी 33.3%
दुखी 66.7%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App