१५ असार २०८१ शनिबार
image/svg+xml
फोटो फिचर

चीनलाई चिनाउने द ग्रेटवाल (फोटो फिचर)

तस्बिर : न्युज एजेन्सी नेपाल

चीनलाई विश्वमा चिनाएको र चीनले विश्वलाई चिनाएको एउटा ऐतिहासिक र पुरातात्त्विक धरोहर हो द ग्रेटवाल। चन्द्रमाबाट पनि देख्न सकिने र देखिने दाबी गरिएको ग्रेटवाल चीनको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण हिस्सा हो।

यो ग्रेटवाल घुम्न आउने पर्यटकका लागि मात्र होइन, चीनको इतिहास र इतिहाससँग जोडिएका कुराहरू पनि सँगै बताइरहेको छ। 

यसले कसरी चीन हिजोबाट आजसम्म आइपुग्यो र विश्वको दोस्रो शक्तिशाली राष्ट्र बन्यो भन्ने कुरा पनि देखाउँछ।

यसको संरक्षण, विकास र यसबाट चीनको आम्दानीमा जोडिएको हिस्सा नगन्य होला।तर, विश्वले चीनलाई चिन्ने पहिलो माध्यम ग्रेटवाल नै हो।

हुन त यो निर्माणका समयमा लाखौं मजदुरले ज्यान गुमाएको कुरा पनि छ। ती मजदुरलाई यही ग्रेटवालको पर्खालभित्र दबाइएको भन्नेहरू पनि छन्।

 तर, इतिहास आज ती मजदुरहरूको योगदान सँगसँगै यसले पर्यटन प्रवर्द्धनमा पुर्‍याको र चीनको आय आर्जनमा पुर्‍याएको महत्त्वपूर्ण योगदानको लागि सम्झिरहन्छ। 

यो कैयौं वर्ष लगाएर तत्कालीन अवस्थामा शत्रुबाट बच्न बनाइएको पर्खाल हो। तर आज यो पर्खाल विश्वमा चीनलाई चिनाउने माध्यम बनेको छ।

यो पर्खालको एकछेउबाट अर्को छेउमा लगातार हिंड्दाखेरि २ वर्ष लाग्ने अनुमान गरिन्छ। यो कहाँबाट सुरु भएर कहाँ गएर अन्त्य भएको छ भन्ने कुरा भेट्टाउनै मुस्किल छ। 

जहाँ सबल र हिंड्न लायक संरचना छ, त्यो मात्रै हिंड्नलाई पनि दुई वर्ष लाग्ने अनुमान छ। त्योबाहेक बाढी, पहिरो र विभिन्न विपत्तिका कारण बिचमै हराइएका र मेटिएका ठाउँहरू पनि छन्।

यदि ती सबैलाई जोड्ने हो भने यो निकै लामो छ। यो तत्कालीन अवस्थामा कसरी निर्माण भयो? यो एउटा रहस्य पनि हो र सहजै अनुमान गर्न सकिंदैन। तर यो मानव निर्मित हो। त्यसैले गर्दा मानिसले चाहँदा जेसुकै पनि हुन सक्दो रहेछ भन्ने ग्रेटवाल निर्माणबाट प्रमाणित हुन्छ। 

चीनतिर फर्किएर हेर्दा चीनले २० वर्षमा गरेको उन्नति र प्रगति पनि मानिसले चाहे जे पनि हुन सक्छ भन्ने देखाउँछ।

प्रकाशित: २७ जेष्ठ २०८१ १०:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App