२४ वैशाख २०८१ सोमबार
image/svg+xml
फोटो फिचर

टोखामा स्कुल र प्रहरी बिटभित्र छिर्यो बाढी (फाेटाेफिचर)

अविरल वर्षाका कारण काठमाडौँका विभिन्न क्षेत्रमा डुबान भएको छ। गए रातिदेखि परेको अविरल वर्षाका कारण यहाँका विभिन्न क्षेत्रमा डुबान हुनुका साथै जलमग्न भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।

काठमाडौंको टोखा नगरपालिका वडा ९ मा बाढीले दीपज्योति आवासीय विद्यालय, प्रहरी बिट दिपज्याेती लगायत त्यसवरपरका घर जलमग्न भएका छन्।  

त्यस्तै भारी वर्षात्कै कारण काठमाडौँ उपत्यकाका ढुङ्गेधारा क्षेत्र, गौरीघाट, गुह्वश्वरी, कपन, सामाखुसी, अनामनगरलगायतका क्षेत्र पनि डुबानमा परेका छन्।  

यसैगरी भारी वर्षाका कारणसडक, घर, विद्यालय क्षेत्र जलमग्न हुँदा जनजीवन प्रभावित भएको छ। काठमाडौँ उपत्यकाको बूढानीलकण्ठ, सुन्दरीजल, नगरकोट आसपासमा भारी वर्षा भएका कारण उपत्यका भएर बग्ने खोला तथा नदीमा पानीको बहाव बढेको प्रहरीले जनाएको छ। विष्णुमती, धोबीखोला, मनोहरालगायतमा जलसतह बढेकाले बिहान ११ः०० बजेसम्म उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।

तस्बीरहरू

 

खुशी 25%
दुखी 50%
अचम्मित 0%
हास्यास्पद 25%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App