आफूहरूलाई गरिखान दिनुपर्ने माग गर्दै फुटपाथ व्यवसायीले राष्ट्रिय सभागृह अगाडि प्रदर्शन गरेका छन्। उनीहरूले ‘गरिबको चमेली बोल्दिने कोही छैन’ भन्ने नाराका साथ राष्ट्रिय सभागृह अगाडि प्रदर्शन गरेका हुन्।
उनीहरूले सडक व्यवसायीलाई पुनर्स्थापना गर्नुपर्ने, गरिबलाई काम गर्न दिनुपर्ने, गरिब होइन गरिबी हटाऊ लगायतका नारा लेखेको प्लेकार्डसहित प्रदर्शन गरेका थिए।
प्रदर्शनमा सहभागी एक फुटपाथ व्यवसायीले आफूहरूलाई व्यवसाय गर्ने ठाउँ महानगरपालिकाले तोकिदिनुपर्ने माग समेत गरेका छन्। उनीहरूले ‘गरिब होइन, गरिबी हटाऊ’ भन्दै आफूहरूको सुरक्षाको माग गरेका हुन्।











प्रकाशित: १३ श्रावण २०८० १३:०७ शनिबार


-600x400.jpg)


