२४ वैशाख २०८१ सोमबार
image/svg+xml
फोटो फिचर

पुस्तकमा आपत्तिजनक प्रश्नोत्तर राखिएको भन्दै विरोध प्रदर्शन (तस्बिरहरु)

लोकसेवा तयारी पुस्तकमा महिलाहरुबारे आपत्तिजनक शब्दसहितको प्रश्नोत्तर राखिएको भन्दै काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिएको छ।

वन तथा वातावरण मन्त्रालयका सहायक संरक्षण अधिकृत राम एकवाल दासले लेखेको लोकसेवा तयारीसम्बन्धी एउटा पुस्तकमा आपत्तिजनक प्रश्नोत्तर भेटिएको भन्दै सोमबार अनेरास्ववियू क्रान्तिकारी केन्द्रीय समितिले विरोध प्रदर्शन गरेका हुन्। 

उनीहरूले पुस्तक जलाएर विरोध जनाएका थिए। प्रदर्शनमा महिला हिंसा बन्द गर, महिला अधिकारको रक्षा गर, लेखिएको प्ले कार्ड बोकिएको थियो। विद्या विकास पब्लिकेसन्स कलंकीले प्रकाशित गरेको ‘गेमस्काउट, वन रक्षक, सफलताको साथी’ उक्त पुस्तकको पेज नम्बर १४३ मा महिलाहरुबारे आपत्तिजनक शब्दसहित प्रश्नोत्तर राखिएकाे विरोध प्रदर्शन गरिएको प्रदर्शनमा सहभागी एक विद्यार्थीले बताए।

तस्बिरहरु: प्रसन गुरुङ/नागरिक

प्रकाशित: ८ श्रावण २०८० १०:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App