१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
फोटो फिचर

ललितपुरमा नृसिंह जात्रा (फाेटाे फिचर)

ललितपुर– ललितपुरकाे स्वँथमा मंगलबार ‘उपाकल साया’को नामले चिनिने नृसिह जात्रा अायाेजना गरिएकाे छ। कुनै पनि दैवी प्रकाेप नलागाेस् र विश्वमै शान्ती कायम भइरहाेस् भन्ने कामनाका साथ भाद्र कृष्ण पञ्चमीका दिन याे जात्रा मनाउने गरिन्छ ।

विष्णुकाे नृसिंह अवतारले दानव हिरण्यकशिपुलार्इ बध गरेकाे सम्झनामा बाजागाजा र भजनटोलीसहित ललितपुर सहर परिक्रमा गराइन्छ।

नृसिंहतिर फर्की हातमा धुप लिएर प्रणाम गर्दै प्रल्हादकाे जस्ताे उल्टो पाइला चाल्दै नगर परिक्रमा गर्ने चलन रहेको छ। नृसिंहको दायाँबायाँ लक्ष्मी र सरस्वती बस्ने चलन छ भने यो यात्रामा ६ जोडी कन्याहरुको पनि सहभागीता रहने गर्दछ ।

उक्त जात्रामा प्रयाेग हुने पुत्ला ढोगाउँदा रुन्चे लागेको बच्चा निको हुने र नृसिँहको भयंकररुपका कारण असर पर्नसक्ने भन्दै गर्भवती महिलाले यो जात्रा हेर्न नहुने विश्वास स्थानीयमा छ।

यस वर्षको नृसिँह जात्राकाे तयारी स्वँथका अनन्तकान्त राजोपाध्यायले गरेका थिए। मल्लकालीन यो परम्परा जाेगार्इ राख्न आर्थिक स्रोत र सहयोगको अभावका कारण कठीन बन्दै गएको पनि आयोजकको भनाइ छ।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App