१० माघ २०८१ बिहीबार
image/svg+xml
फोटो फिचर

चीनको तेल ल्याउन हिमपात बन्यो बाधक (फोटो फिचर)

रसुवा-चीनले अनुदानमा दिएको तेल भर्न रसुवागढी नाकाबाट शनिबार दिउसो १ः४५ बजे केरुङ प्रस्थान गरेको छ। चीनको केरुङ भन्सारबाट २५ किलोमिटर टाढा भारी हिमपातका कारण तेलका ट्याङकर केरुङ आईपुग्न नसकेका कारण शनिबार ४ वटा ट्याङकरमा मात्रै तेल भर्न लागिएको नेपाल आयल निगमका प्रवक्ता दिपक बरालले बताए।

उनका अनुसार सिगात्सेबाट आउने बाटोमा हिमपातका कारण आवातजाबत समस्या भएकाले तेल भर्नका लागि ढिलाई भएको हो। हिमपातका कारण शनिबार १२ वटा ट्याङकर तेल भर्न जाने तयारी भए पनि ४ वटा मात्रै ट्याङकर केरुङ प्रस्थान गर्यो।

विहानैदेखि सीमा नाकामा १२ वटा तेलको ट्याङकर रोकिएको थियो। शनिबार साझँसम्ममा ३६ हजार लिटर तेल रसुवागढी नाका हुदै नेपाल भित्रने छ। चिनले दिने अनुदानको बाँकी तेल १० दिन भित्रमा नेपाल भित्राईसक्ने तयारी रहेको प्रवक्ता बरालले बताए। रसुवागढी सीमा नाकाबाट ट्याङकर लिनका लागि पेट्रोल चाईनाका प्रतिनिधी वाङ सान याङको तीन जना प्रतिनिधी मण्डल र नेपाल आयाल निगमका प्रवक्ता दिपक बराल आएका थिए।

तेल लिनका लागि ट्याङकर सँगै नेपाल आयाल निगम र पेट्रोलियम ढुवानी महासंघका पदाधिकारी सहितको टोली शुक्रबार नै केरुङ प्रस्थान गरेका थिए। चीनले दिने अनुदानको तेल पहिलो चरणमा १ लाख ४० हजार लिटर अर्थात् १ सय टन पेट्रोल आउने छ। चीनबाट तेल आउने भएसँगै नेपालतर्फ रसुवागढी सीमा नाकामा शसस्त्रको सीमा सुरक्षा बल तैनाथ गरिएको छ। चीनबाट अनुदानमा आएको तेल सुरक्षित हिसाबमा राजधानी काठमाण्डौ पठाउने व्यवस्था मिलाईएको छ। चीनले अनुदानमा दिने पेट्रोल केरुङमै सिल गरेर काठमाडौ पठाईने जनाईएको छ।

Tanker enter 2

Tanker Enter 3

Tanker photo 1

Tanker enter 4

तस्विरः निराजन पाैडेल

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App