२९ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
अन्य

२० वर्ष पुरानो पेन्गुइनको भिडियो भाइरल : ‘निहिलिस्ट’ किन मृत्यु मार्गतिर हिँड्यो ?

सामाजिक सञ्जालमा अहिले २० वर्ष पुरानो पेन्गुइनको भिडियो क्लिप चर्चामा आएको छ।

वर्नर हर्जोगले २००७ मा बनाएको वृत्तचित्र ‘एनकाउन्टर्स एट द एन्ड अफ द वर्ल्ड’बाट लिइएको यो दृश्यमा  ‘निहिलिस्ट’ नामको पेन्गुइन आफ्नो समूह छोडेर समुद्रतर्फ नभई ७० किलोमिटर टाढाको अन्टार्कटिकाको पहाडतिर लाग्छ।

उ जहाँ गइरहेको छ त्यहाँ न खाना छ, न पानी नै छ। निहिलिस्ट फर्कने सम्भावना पनि छैन।

हर्जोगले भनेका छन्, ‘केही समयपछि हामीले उसलाई ७० किलोमिटर टाढा पहाडतिर गइरहेको देख्यौँ... यदि फिर्ता ल्याए पनि ऊ फेरि त्यतै फर्किन्थ्यो।’ यसलाई उनले ‘मृत्यु मार्च’ भनेका छन्।

यो क्लिप अहिले सामाजिक सञ्जालमा लाखौँ पटक सेयर भएको छ। टिकटकसहित इन्स्टाग्राम, एक्स र रेडिटमा पनि भाइरल भएको छ।

मानिसहरूले यसमा थकान, एक्लोपन, जिम्मेवारीबाट भाग्ने इच्छा, जीवनको अर्थ खोज्नेजस्ता आफ्नो भावना देखेका छन्। विभिन्न क्याप्सन (जब सबै काम सकियो, म जिम्मेवारी छोड्दै छु, उसलाई सत्य थाहा छ र त्यो पेन्गुइन बन) आएका छन्। 

वैज्ञानिकका अनुसार यो दार्शनिक छनोट होइन। उनीहरूले यसलाई दिशाहीनता, रोग, तनाव वा स्थान पत्ता लगाउने गल्ती भनेका छन्। पेन्गुइनहरू सामान्यतया समुद्र नजिकै बस्छन्, भित्री भागमा जानु दुर्लभ र मृत्यु निश्चित हुन्छ।

‘निहिलिस्ट पेन्गुइन’ शान्त विद्रोह, थकान र ‘टाढा जाने’ भावनाको प्रतीक बनेको छ।

ह्वाइट हाउस पनि यो ट्रेन्डमा सहभागी भयो। ट्रम्पसँगै पेन्गुइनलाई ग्रीनल्याण्डतिर हिँडाएर कृत्रिम (एआई) तस्बिर पोस्ट गर्दै ‘पेन्गुइनलाई अँगालो हाल्नुहोस्’ लेखेका थिए। तर ट्रोल हुनुपर्‍यो किनकि ग्रीनल्याण्डमा पेन्गुइन हुँदैनन्। 

यो मीम २०२६ को पहिलो ठुलो ट्रेन्ड बनेको छ। पुरानो भिडियोले नयाँ पुस्तालाई भावनात्मक रूपमा छोएको छ। धेरैले यो एक चराको कथा मात्र नभएर आफ्नो थकान र ‘अब काफी भयो’ भन्ने मनको भावसँग जोडेर हेरिरहेका छन्। एजेन्सीको सहयोगमा 

प्रकाशित: १४ माघ २०८२ ११:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App