२३ वैशाख २०८३ बुधबार
image/svg+xml
अन्य

सेवानिवृत्त शिक्षक सम्मानित

नेपाल निवृत्त शिक्षक समाज खोटाङको प्रथम जिल्ला परिषद् भएकाे छ। नेपाल निवृत्त शिक्षक समाजका केन्द्रीय सदस्य लवकुमार राईले मैनबत्ती बालेर कार्यक्रमको उद्घाटन गरेका हुन्।

कार्यक्रममा समाजका जिल्ला अध्यक्ष भगवतीप्रसाद शर्माले परिषद्को अध्यक्षता गर्दै सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष भक्तराज दाहालले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए।

संस्थाका उपाध्यक्ष केशवकुमार खड्काले शब्दमार्फत उपस्थितजनकाे स्वागत गरेका थिए। प्रतिवेदनमाथि पार्षदहरूबिच छलफल भई पारित गरिएकाे थियाे।

कार्यक्रममा सेवा निवृत्तपछि पनि सामाजिक क्रियाकलापमा रही समाजमा योगदान गरेका कारण २०७९ को स्थानीय तहको चुनावमा निर्वाचित भई वडाध्यक्षको भूमिका निर्वाह गरिरका समाजका ७  सदस्यहरू हालका वडाध्यक्षहरू क्रमशः देवेन्द्रकुमार राई डिकुवा, हरि चौलागाई दोर्पा, भुपेन्द्र बस्नेत छोरम्बू, केशवकुमार खत्री याम्खा, तिलकबहादुर बस्नेत बडकादियाले, चन्द्रबहादुर थापा सिम्पानी, ढकबहादुर कार्की बाराहापोखरीलाई केन्द्रीय सदस्य तथा अध्यक्षबाट सम्मानपत्र तथा दोसल्ला ओढाएर सम्मान गरिएकाे थियाे।

कार्यक्रममा नेपाल शिक्षक महासंघका जिल्ला अध्यक्ष मिनकुमार दाहाल, सेवानिवृत्त कर्मचारी संघका जिल्ला अध्यक्ष चित्राखर आचार्यको पनि विशेष अतिथिको रूपमा उपस्थित भई र शुभकामना मन्तव्य दिएका थिए।

कार्यक्रममा दिक्तेल रूपाकाेट मझुवागढी नगरपालिका कमिटी अध्यक्ष झनकबहादुर थापाले पनि मन्तव्य प्रस्तुत गरेका थिए। यो कार्यक्रममा समाजका साकेला गाउँपालिका कमिटी र दिप्रुङ चुइचुम्मा गाउँपालिका समितिलाई उनको कामको उच्च मूल्यांकन गर्दै प्रशंसापत्र प्रदान गरिएर कार्यक्रम समापन गरिएको थियो।

प्रकाशित: २३ वैशाख २०८३ ११:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App