१९ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
अन्य

यूएईमा ओभरस्टे नेपालीलाई जरिवाना नलाग्ने

संयुक्त अरब इमिरेट्सस्थित नेपाली राजदूतावासले मध्यपूर्वमा विकसित पछिल्लो परिस्थितिका कारण भिसा अवधि सकिएर यूएईमै बस्नुपरेका नेपाली नागरिकलाई जरिवाना नलाग्ने स्पष्ट पारेको छ।

मङ्गलबार जारी सूचनामा फेब्रुअरी २८ पछि भिसा सकिएका नागरिकका हकमा कुनै पनि जरिवाना नलाग्ने उल्लेख छ।

साथै परराष्ट्र मन्त्रालयले यूएईमा रहेका नेपालीहरूको अवस्थाबारे सूचना संकलन तथा आवश्यक उद्धार र समन्वयका लागि नयाँ अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ। समस्यामा परेका नागरिकलाई तुरुन्त आफ्नो विवरण अद्यावधिक गर्न अपिल गरिएको छ।

दूतावासका अनुसार ट्रान्जिटमा अलपत्र परेका तथा भिसा सकिएर वा कम्पनीबाट भिसा रद्द गराई नेपाल फर्कन तयारी अवस्थामा रहे पनि हाल रोकिएका नागरिकलाई पहिलो प्राथमिकतामा राखिएको छ।  

प्रकाशित: १९ फाल्गुन २०८२ १७:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App